IME Life New

पुनर्बीमा व्यापारकाे आकार बढ्ने भएपछि नेपालमै खुले १५ वटा पुनर्बीमा दलाल कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । केही वर्ष अघिसम्म पुनर्बीमाका लागि विदेशी पुनर्बीमा दलालमाथि निर्भर रहनु परेकाे नेपालकाे बीमा बजारमा अहिले स्थानीय पुनर्बीमा दलाल कम्पनीहरू उल्लेख्य संख्यामा अस्तित्वमा आएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे भदाै महिनाकाे तथ्या‌ंक अनुसार स्थानीय पुनर्बीमक दलालकाे रूपमा १५ वटा कम्पनीले इजाजत लिएका छन् ।

नेपालमा पुनर्बीमा व्यवसाय सञ्चालनका लागि पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ मार्फत् नेपालमा पुनर्बीमा दलल कम्पनी सञ्चालन गर्नका लागि अनिवार्यरूपमा बीमा प्राधिकरणबाट इजाजत लिनुपर्ने प्रावधान पछि दर्ता भएका पुनर्बीमा दलाल कम्पनीकाे संख्या उल्लेख्य देखिएकाे हाे ।

Esewa
Crest

यी हुन स्थानीय पुनर्बीमा दलाल कम्पनीहरू

१) ट्रस्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि
२) एसटिसी पुनर्बीमा ब्रोकर प्रा. लि.
३) फेडरल पुनर्बीमा ब्रोकर्स लिमिटेड
४) हब पुनर्बीमा ब्रोकर प्रा. लि
५) ग्लोबल इन्स्योरेन्स र पुनर्बीमा ब्रोकर प्रा. लि.
६) अलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि.
७) शुभ पुनर्बीमा सेवा प्रा. लि.
८) एओन पुनर्बीमा ब्रोकर्स प्रा. लि
९) एलाइड इन्स्योरेन्स ब्रोकर्स प्रा. लि.
१० )जेबी बोडा इन्स्योरेन्स र पुनर्बीमा ब्रोकर्स प्रा. लि.
११) लर्ड बुद्ध पुनर्बीमा ब्रोकिङ कम्पनी प्रा. लि.
१२) श्रीधर इन्स्योरेन्स ब्रोकर प्रा. लि.
१३) फर्स्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स प्रा. लि.
१४) मार्बल पुनर्बीमा ब्रोकर्स प्रा. लि.

१५) सिनर्जी पुनर्बीमा विशेषज्ञ लाबुआन लिमिटेड

कुनै पुनर्बीमा कम्पनी वा बीमा कम्पनीले आफूले बहन गर्न सक्ने क्षमताभन्दा अधिक जाेखिमलाई अन्य कुनै बीमक वा पुनर्बीमकलाई हस्तान्तरण गर्ने व्यवस्थालाई पुनर्बीमा भनिन्छ। पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका अनुसार पुनर्बीमा दलाल व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाकाे अधिकृत पूँजी १० कराेड रूपैयाँ  र चुक्ता पूँजी ५ कराेड रूपैयाँ हुनुपर्ने प्रावधान छ। अधिकृत पूँजीकाे पच्चीस प्रतिशत रकम एयर मार्क गरेर वाणिज्य बैंककाे मुद्दती खातामा राख्नुपर्छ।

पुनर्बीमा दलाल कम्पनीले बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच, पुनर्बीमा र पुनर्बीमा कम्पनी, बीमा कम्पनी र बीमा कम्पनीबीच पुनर्बीमा सम्झाैताकाे लागी सहजीकरणकाे काम गरिदिन्छन् । यसवापत उनीहरुले पुनर्बीमा शुल्ककाे आधारमा निश्चित सेवा शुल्क प्राप्त गर्छन् । यसबाहेक पुनर्बीमा दाबीका लागी बीमककाे पक्षबाट सहजीकरण गरिदिने सेवा समेत पुनर्बीमा दलालले दि‌ंदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS