IME Life New

पुनर्बीमा रणनीति बनाउन बीमा समितिले थाल्यो छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमा सम्बन्धी देशको रणनीति तय गर्न बीमा समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । चालु आवको बजेटमा पुनर्बीमा रणनीति तर्जुमा गर्ने उल्लेख भए अनुसार बीमा समितिले मस्यौदा निर्माण गर्ने उद्देश्यले छलफल सुरु गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्स खवरलाई बताए ।

बीमा समितिले बीमा क्षेत्रका बिज्ञ, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरी मस्यौदा निर्माण गर्ने काम गरिरहेको छ । कार्यकारी निर्देशक पौडेलले भने, ‘पुनर्बीमा रणनीति निर्माणको लागि छलफल जारी छ, बीमा क्षेत्रका बिज्ञ तथा सरोकारवाला निकायसँग छलफल अझै गर्छौं, चाँडै मस्यौदा फाईनल गरेर अर्थमन्त्रालयमा पठाउँछौं ।’

Esewa
Crest

समितिले बिहिवार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेको थियो भने शुक्रबार निर्जिवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग बीमा समितिमै छलफल गरेको हो । सो छलफलमा अधिकांश बीमा कम्पनीका सिईओहरुले रचनात्मक सुझाव दिएको बीमा समितिले जनाएको छ । बीमा समितिले शुक्रबार आयोजना गरेको छलफलमा सहभागी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा समितिले प्रारम्भिक रुपमा चलाएको छलफलमा बीमा कम्पनीहरुले धारणा राखेको बताए ।

बीमा समितिका अनुसार पुनर्बीमा रणनीति बनाउँदा अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसारको बनाउनेतर्फ ध्यान दिइएको छ । त्यसको लागि कडा नियमन, उच्चतम प्रविधिको प्रयोग, विदेशी मुद्राको कारोबार खुल्ला गर्ने लगायतका विषयमा छलफल भएका छन् ।

बीमा समितिका अनुसार पुनर्बीमा रणनीति बनाउँदा अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसारको बनाउनेतर्फ ध्यान दिइएको छ । त्यसको लागि कडा नियमन, उच्चतम प्रविधिको प्रयोग, विदेशी मुद्राको कारोबार खुल्ला गर्ने लगायतका विषयमा छलफल भएका छन् । स्रोतका अनुसार समितिले एउटा खाका तयार गरी खाकामा आधारित भएर छलफल गरिएको छ । यद्यपि बीमा बिज्ञहरुले भने पुनर्बीमा रणनीति बनाउन खुला र बृहत छलफल हुनुपर्ने धारणा राखेका छन् ।

सरकारले नेपाली लगानी भित्राउने उद्देश्यले ठूलो उद्योग तथा कम्पनीहरुको पुनर्बीमा गर्दा कस्तो रणनीति तर्जुमा गर्नेबारे बजेटमै व्यवस्था गरेको थियो । बजेटमै व्यवस्था भए अनुसार समितिले छलफल सुरु गरेको हो । समितिले दशैं अगावै वा अर्धबार्षिक समिक्षाभित्र पर्ने गरी पुनर्बीमा रणनीति पेश गर्ने योजना बनाएको बुझिएको छ ।

बीमा समितिले तयार गरेको मस्यौदा बीमा समितिबाट स्वीकृत भई अर्थ मन्त्रालयमा पठाउनेछ । अर्थमन्त्रालयले छलफल तथा आवश्यक देखिएका कुराहरु सुधार गरी पास भएपछि मात्रै पुनर्बीमा रणनीति जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS