IME Life New

पुनर्बीमा कम्पनीले निष्काशन गरेको आईपिओ सबै बिक्री, अपरान्हसम्म एक अर्ब ९० करोडको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको आईपिओ दोस्रो दिन नै सबै बिक्री भएको छ । कम्पनीले आह्वान गरेको सबै कित्तालाई पुग्ने आवेदन परिसकेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । निष्काशन गरेको २७ घण्टामै आवेदन गरेभन्दा पनि बढि आवेदन परेको हो ।

कम्पनीले जम्मा एक करोड ६० लाख कित्ता शेयरमा आवेदन माग गरेको थियो । एक करोड ९० लाख कित्ता शेयरमा आवेदन परेको छ ।

Esewa
Crest

आज अपरान्ह १३ः०० बजेसम्मको तथ्याङ्क अनुसार एक अर्ब ९० करोड ४० लाख २७ हजार रुपैयाँको आवेदन परेको छ । आरबीबी मर्चेन्ट बैंकिङका अनुसार हालसम्म एक लाख ४८ हजार ८६१ जनाले आवेदन भरिसकेका छन् । आगामी ७ गतेसम्म आवेदन भर्न पाइने हुँदा उक्त संख्या झण्डै पाँच लाख पुग्ने अनुमान गरिएको छ ।

यही चैत्र ७ गते अपरान्ह ५ः०० बजेसम्म आवेदन भर्ने सबैलाई उक्त आईपिओमा सहभागी गराई निश्चित विधिमार्फत शेयर बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS