IME Life New

पुनर्बीमा कम्पनीको बुझाइ नै भएनः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमा कम्पनीको बुझाइ नभएको बताएको बताएका छन्।

नेपाल पुनर्बीमा कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘कम्पनीले पैसा दिने अनि पैसा मैले राख्ने, लज भए तिर्ने, होइन भने मेरो मुनाफा भयो’, उनले भने, ‘यो त होइन नि। पुनर्बीमा कम्पनीले त मार्केट के हो र मार्केटले के खोज्छ भन्ने कुरा एनालाइसिस गर्नुपर्यो। अहिले हामीले लागू गरिरहेको रेट ठीक छ कि छैन हेर्नुपर्यो। १० वर्षअगाडि जुन रेट छ, त्यसैमा गर्न गयो भने कसले एक्सेप्ट गर्छ ?’

Esewa
Crest

त्यसैले सबै बीमा कम्पनीको डाटा गरेर बजारको एनलाइसिस गर्न पनि पुनर्बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालले निर्देशन दिए। ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बीमा कम्पनीहरुलाई तपाइँहरुले सीप विकास तालिम दिनुपर्छ’, उनले भने।

अध्यक्ष सिलवालले आतंकवाद बीमा शुल्क थोपरेर बीमितलाई भार नपार्न पनि निर्देशन पनि दिए। ‘अनिवार्य गरिएको आतंकवाद बीमासम्बन्धी व्यवस्था अब ऐच्छिक हुनुपर्छ’, उनले भने।

बीमा बजार ठूलो भइसकेकोले अब पुनर्बीमा कम्पनीहरुले चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनै पर्ने सिलवालको निर्देशन थियो। ‘समयले कसैलाई रोक्न, कसैले समयलाई रोक्न सक्दैन। त्यो कुरा हामीले बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसैले मार्केट ठूलो भइसकेको छ, अब न्यूनतम चुक्तापुँजी पुर्याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्नुहोस्’, उनले भने, ‘यो अवसर पनि हो। त्यो पोटामा तपाइँहरुले सफलता पाउनुहोस्।’

अध्यक्ष सिलवालले नियामकको निर्देशन सरकारी र निजी दुवै कम्पनी पालना गर्नुपर्ने बताए। ‘दुवै कम्पनीलाई एउटै बीमा ऐन लागू हुन्छ’, उनले भने, ‘नियामकको निर्देशन अक्षरश पालना गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS