IME Life New

पुनर्बीमा कम्पनीको आईपिओमा पहिलो दिन ४२ करोड ८० लाख रुपैयाँको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि खुल्ला गरेको आईपिओमा मंगलबार साँझसम्म ४२ करोड ८० लाख रुपैयाँको आवेदन परेको छ ।

एक करोड ६० लाख कित्ताका लागि खुल्ला गरेको आवेदनका लागि पहिलो दिन साँझ १७ः२५ बजेसम्मको तथ्याङ्क अनुसार २७ हजार ३६० जना आवेदकले ४२ करोड ८० लाख २९ हजार रुपैयाँको आवेदन भरेको आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । उक्त संख्या अझै बढ्नेछ । मेरो सेयरको सफ्टवयरमार्फत २४ सै घण्टा आवेदन भर्न सकिने हुँदा यो समाचार तयार गर्दाको तथ्याङ्कमा बृद्धि हुनेछ ।

Esewa
Crest

पहिलो दिनमा नै झण्डै एक लाख जनाले आवेदन दिने विश्वास गरिएको भएपनि जम्मा २७ हजार जनाले आवेदन दिएका हुन् । अनलाईनबाट भर्न मिल्ने मेरो शेयरमा समस्या आएका कारण आज आवेदन भर्नेको संख्या थोरै मात्र भएको कम्पनीले जनाएको छ । विहान शेयरमा आवेदन खुलेदेखि नै मेरो शेयरको साईटमा ट्राफिक जाम भई समस्या उत्पन्न भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा करिब १५ देखि २० लाख सम्मले आवेदन पर्ने विश्वास गरिएको छ । डिम्याट खाता १६ लाख छ भने दोहोरोपना हटाउँदा र नयाँ खाता खुल्दा उक्त संख्यामा आवेदन पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS