काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी फणिन्द्र पाण्डेले पाएका छन् । कम्पनीका प्रबन्ध संचालक केशव नारायण प्रधानले आफ्नो स्वास्थ्य समस्या आएको भन्दै प्रबन्ध संचालक पदबाट दिएको राजिनामा संचालक समितिको बैशाख २९ गतेको बैठले स्वीकृत गरेसँगै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई उक्त पदको जिम्मेवारी दिएके हो ।


















