IME Life New

पाकिस्तानमा बाढीको बितण्डा, १९ देखि २५ खर्बसम्म क्षतिको प्रारम्भिक अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानमा विनाशकारी बाढीले करिब १५ देखि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ । क्षतिको आँकडालाई नेपाली रुपैयाँमा गणना गर्दा हालको मूल्य अनुसार १९ खर्ब देखि २४ खर्ब रुपैयाँसम्म पुग्छ ।

पाकिस्तानी अर्थ मन्त्रालयद्वारा संकलित पाकिस्तानको अर्थतन्त्रमा बाढीको प्रभावको प्रारम्भिक मूल्याङ्कनू शीर्षकको प्रतिवेदनका अनुसार, ८० लाख एकड भन्दा बढी बाली डुबानमा परेको छ र ३ करोड ३० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

Esewa
Crest

पाकिस्तानी अर्थ मन्त्रालयद्वारा संकलित ूपाकिस्तानको अर्थतन्त्रमा बाढीको प्रभावको प्रारम्भिक मूल्याङ्कनू शीर्षकको प्रतिवेदनका अनुसार, अर्थतन्त्रमा प्रत्यक्ष १२ अर्ब डलर बराबरको नोक्सानीमा आवासीय पूर्वाधारमा भएको ६ अर्ब डलरको क्षति र ४ अर्ब डलर बराबरको पशुधनको क्षति समावेश छ। ।

विनाशकारी बाढीले पाकिस्तानको एक तिहाइ भूभाग डुबानमा परेको छ । कीर्तिमानी मनसुनी वर्षा र उत्तरी पहाडहरूमा हिमनदी पग्लिँदा सेप्टेम्बर ९ सम्ममा बाढीले कम्तीमा १ हजार ३ सय ९१ जनाको ज्यान लिइसकेको, प्रेस ट्रस्ट अफ इन्डियाले एनडीएमएलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

आर्थिक क्षतिको अधिकांश अनुमान राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणद्वारा प्रदान गरिएको सेप्टेम्बर ५ तारेखसम्मको क्षति समावेश गरिएको तथ्याङ्कमा आधारित छ । प्रतिवेदनमा बाढीको विनाशका कारण थप ९० लाखदेखि १ अर्ब २० करोड मानिसहरू गरिबीको रेखामुनि आउने र १० देखि २० लाखले आफ्नो रोजगारी गुमाएको उल्लेख छ।

४२ लाख एकड जमिनको प्रारम्भिक मूल्याङ्कनको दाँजोमा पछिलले समय ८२ लाख ५० हजार एकडमा कृषि बाली नष्ट भएको प्रतिवेदनले जनाएको छ। कपास, धान र साना बालीमा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS