IME Life New

पहिलो पटक सोलुखुम्बुमा मकै बालीको बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलो पटक सोलुखुम्बुमा मकै बालीको बीमा भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सोलुखुम्बुले मकै बालीको बीमा गरेको हो। मकै खेतीमा किसानलाई हुन सक्ने नोक्सानीलाई न्यूनिकरण गर्न आइएमई जनरलले देशमै पहिलो पटक सोलुदुधकुण्ड नगरपालिकाका किसानले लगाएको मकै बालीको बीमा गराएको हो ।

कम्पनीले सोलुदुधकुण्ड नगरपालिकाको ११ वटै वडाका ३६ सय किसानले १ हजार ८० हेक्टर क्षेत्रफलमा लगाएका मकै बालीको बीमा गराएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमन पौडेलले बताए । जसका लागि नगरपालिकाले एकमुस्ट १० लाख ५ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए । मकै बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै व्यवस्था गरि कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख शेर्पाले बताए ।

Crest

नगरपालिकाले वडा नम्बर १,२ र ३ मा २/२ सय जना किसानले लगाएको ६०/६० हेक्टर, वडा नम्बर ४ मा ३०० जना किसानको ९० हेक्टर, ५ मा २५० किसानको ७५ हेक्टर र ६ मा ३०० जना किसानले ९० हेक्टर क्षेत्रफलमा लगाएको मकैको बीमा गराएको छ । यस्तै वडा नम्बर ७ मा ४०० जना किसानले लगाएको १२० हेक्टर, ८ र ९ मा ४/४ सय जना किसानको एक सय २०/२० हेक्टर, १० मा ३५० किसानको १०५ हेक्टर र वडा नम्बर ११ मा ६०० किसानले लगाएको १ हजार ८० हेक्टर क्षेत्रफलमा खेती गरिएको मकै बालीको बीमा गराएको आइएमई जनरल इस्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रमुख खगेन्द्र बनले बताए । कृषि तथा पशुपन्छी बीमामा अत्याधिक दाबी पर्ने गरेको भएता पनि कृषकलाई हुने क्षति न्यूनिकरण गर्न कम्पनीको नाफा घाटालाई ख्याल नगरी मकै बालीको बीमा गरिएको शाखा प्रमुख बनको भनाई छ । उक्त मकै बालीको बीमालेख आज शुक्रबार जारी गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नगरपालिका भित्रको मकै बालीमा रोग, किरा तथा हावाहुरी, असिनापानी लगायतका प्रकृतिक विपत्तीबाट क्षति भएमा ९० प्रतिशत सम्मको रकम बीमा बापत पाउने बिमक कम्पनीले जनाएको छ । हिमाली जिल्लाको यस पालिकाको अधिकांश क्षेत्रहरुमा मकै बाली हुने गरेको छ । तर वर्षेनी रोग किरा तथा प्राकृतिक विपत्तीबाट भएको क्षतिका कारण किसान निराश छन् । सोही विषयलाई ध्यान दिदै नगरपालिकाले बीमाको निति अघि सारेको बताएको छ ।

यस अघि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेले पनि मकै बालीको बीमा गराएको छ । तर पालिका भरका मकै बालीको बीमा गराउनेमा भने सोदुधकुण्ड नगरपालिका मुलुककै पहिलो स्थानीय तह बनेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स हाल मर्जरको प्रकृयामा रहेकाले यहि बैशाख २७ गतेदेखि आइजीआई इस्योरेन्सको नामबाट एकिकृत सेवा सुचारु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS