IME Life New

परिमार्जित ‘सुविधा थैली’ लागू गर्न समय थपियो, अब कहिलेबाट कार्यान्वयन हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको ‘सुविधा थैली’ अन्तर्गत परिमार्जित विवरण र भुक्तानी दररेट लागू हुने समयावधि थप गरेको छ।

यसअघि बीमा बोर्डले सुविधा थैलीअन्तर्गत परिमार्जित विवरण र भुक्तानी दररेट आउँदो साउन १ गतेबाट लागू गर्न निर्देशन दिएको थियो। सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट नयाँ पद्धति लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने बीमा बोर्डलाई जानकारी गराएका थिए। सोहीबमोजिम बीमा बोर्डले अब परिमार्जित सुविधा थैली आउँदो भदौ १ गतेदेखि मात्रै लागू हुने जनाएको छ। यो निर्णय असार २८ गते बसेको बीमा बोर्डको बैठकले गरेको छ।

Esewa
Crest

नयाँ व्यवस्था लागू नहुन्जेलसम्म पुरानै सुविधा थैलीमार्फत दाबी माग गर्न पनि बीमा बोर्डले आग्रह गरेको छ।

बीमा बोर्डले सुविधा थैलीमा समावेश गरिएका सामान्य प्रकारका सुविधामा परिमार्जन गरेर स्वास्थ्य बीमाअन्तर्गतका सुविधाहरु परिमार्जन गरेको छ। बोर्डले सुविधा थैलीमा समावेश गरिएका सुविधा र दररेटलाई समय सान्दर्भिक बनाउनुपर्ने निष्कर्षसहित परिमार्जन गरेको छ। बोर्डले हाल सुविधा थैलीअन्तर्गतका सेवा-सुविधाको विवरण तथा दररेट र आंशिक अध्यावधिक गरिएको सुविधा थैलीमार्फत बीमितलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS