IME Life New

पबी गुरुङ जस्ले बनाईन १ लाख अनुहारलाई सुन्दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा छाला रोगको अत्याधुनिक कस्मोटोलोजी उपचार पद्धति दक्षिण कोरियाबाट नेपाल भित्रयाउने पहिलो महिला बनेकी छिन, पबी गुरुङ । त्यसो त नेपालमा डरमाटोलोजी विधिबाट धेरै अघि देखि छाला रोग उपचार हुँदै आएको छ ।
तर अत्याधुनिक कस्मोटोलोजी उपचार प्रक्रियाबाट अनुहारको चांया,पोतो,दाद त्यस्तै बढ्दो उमेर तथा आमा बनी सकेका महिलाका अनुहारमा देखिने दाग लेजर थेरापी प्रयोग गरी सजिलै हटाउने उपचार शैली पबीले शुरुवात गर्न सफल भएकी हुन् ।

लेजर थेरापीलाई उपचार प्रक्रिया मध्ये विश्वमा उत्कृष्ट र सुरक्षित मानिन्छ । सन २००३ मा दक्षिण कोरियाका प्रसिद्ध मेडिकल कलेज चाउ भीउबाट दुई वर्षे कस्मोटोलोजी उपचारका शैधान्तीक अध्ययन र प्रयोगात्मक तालिम लिएकी छिन् । त्यस पछि सन् २००६ देखी नेपालमा कोरियन स्किन केयर पार्लर सञ्चालन गरी हाल सम्म करिब १ लाख अनुहारलाई झन सुन्दर बनाउन सफल भएको अनको दाबी छ ।

Esewa
Crest

सक्रिय र सृजनशील कार्यलाई सधैँ पछयाउने बानीले गर्दा उनको पार्लरमा महिलाहरूको लामो लाइन लाग्ने गर्दछ । जस कारण आज सम्म पार्लर चलाउन विज्ञापनको सहारा लिनु परेको छैन ।

विशेष गरी याहां डण्डीफोर, कम्बीनेशन केयर, पोर्स केयर र स्किन एलर्जी जस्ता रोगको सफल उपचार हुने गर्दछ । पबीका अनुसार अनुहारको छालामा पानीको मात्रा १० देखि २० प्रतिशत त्यस्तै लिपिङ नामक तत्व ११ प्रतिशत हुन जरुरी छ , यसबाट छाला सधैँ चम्किलो र उज्यालो देखिन गर्दछ ।

तर यदि नेचुरल मोस्चराईजर फयाकटर ३१ प्रतिशत भन्दा कम भएमा छाला चाउरी पर्दछ । जसलाई कस्मोटोलोजी उपचारबाट हेरचाह गरी रहर लाग्दो अनुहारमा फर्काउन सहयोग पुग्छ । उपचारमा प्रयोग गरिने सौन्दर्य प्रोड्कटस विश्व स्वास्थ्य सगंठनले गुणस्तर स्वीकृत गरेका उत्पादन मात्र प्रयोग गरिने भएकोले अन्य साइड इफेक्ट नहुने उनले दाबी गरेकी छिन् ।

छालामा विभिन्न समस्या देखिए प्राय सहरी महिला इन्टरनेट, युट्युब र सामाजिक सञ्चालमा देखिाइएका व्युटि प्रोडक्टस प्रयोग गर्दछन् । त्यस्ता उत्पादनले अनुहारको बाहिरी छाला फ्याँकी दिने गर्दछ ।

अनुहारको भित्रबाट पलाउने नरम छाला पूर्ण विकास हुनको लागि २८ दिन लाग्दछ । त्यस क्रममा घामको कडा किरणले त्यो कलिलो छालालाई असर पु¥याईदिने गर्दछ , फलस्वरुप अनुहार कुरूप देखिन्छ ।

त्यस कारण व्युटि प्रोडकट प्रयोग गर्दा प्रयोगशालामा गुणस्तर प्रमाणीकरण गरिएको वा विश्व स्वास्थ्य सगठनले समर्थन गरेका उत्पादन प्रयोग गर्न उनले सुझाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS