काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ दशमलव ०२ अंकले घटेर २,५२९ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ५ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।


















