IME Life New

नेप्से र बोर्ड मिलेर आए मार्जिन लेण्डिङ्गमा कुनै समस्या छैन : गर्भनर नेपाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज बिच सहमती भए मार्जिन लेण्डिङ्गमा कुनै समस्या नहुने बताएका छन् । मंगलबार अर्थ समितिमा भएको सेयर बजारको समस्या सम्बन्धी छलफलमा गर्भनर नेपालले मार्जिन लेण्डिङ्गका बिषयमा नेप्से र बोर्डलाई सहमत भएर आउन आग्रह गरेका छन् ।

छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले मार्जिन लेण्डिङ्गको प्रक्रिया राष्ट्र बैंकमा गएर अड्केको बताए । त्यस्तै, नेपाल स्कट ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले मार्जिन लेण्डिङ्गको प्रक्रिया रोकिदाँ ब्रोकरको लगानी फ्रिज भएको बताए । ‘मार्जिन लेण्डिङ्गको लागी बोर्डले पूँजी बढाउँनु भन्यो । हामीले बढायौ । हामी तयारी अबस्थामा छौ । तर, लामो समय देखि यो प्रक्रिया किन रोकिएको हो थाहा पाउँन सकेनौ,’ उनले भने ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS