IME Life New

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका २६७ जना अभिकर्ता सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य भएका  आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सम्मान गरेका जनाएको छ । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना Cort of the Table (COT) र ९ जना Top of the Table (TOT) गरी २ सय ६७ जना अभिकर्ताहरु Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य भएका कम्पनीले बताएको छ ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गर्दै Million Dollar Round Table (MDRT) जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागिता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए ।

Crest

त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले Million Dollar Round Table (MDRT) 2021 का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जानुहोस् भनी शुभकामना व्यक्त गरे ।

त्यस्तै, कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । उनले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्न सक्ने बताए ।

त्यसैगरी,पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।

त्यस्तै, नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे भने कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS