IME Life New

नेपाल रिको दोस्रो त्रैमाससम्मको रिपोर्ट पनि आयो, नाफा पौने ३४ करोड, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले चालु आर्थिक वर्ष २०८०।८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण पनि सार्वजनिक गरेको छ। कम्पनीले बुधबार पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको थियो।

वित्तीय विवरणअनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १५.४९ प्रतिशतको बढोत्तरी भएको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर २.६४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २.२८ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS