IME Life New

नेपाल पुनर्बीमा नवौं वर्षमा प्रवेश, एशिया प्रशान्तकै सशक्त कम्पनी बनाउने उद्घोष

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको औपचारिक कारोबार २०७१ कार्तिक २१ गतेबाट शुरु भएको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले स्थापना कालदेखि आजको अवस्थासम्म ल्याई पुर्याउन अमूल्य सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति लगायत सबै नियामक निकायहरु, बीमा समितिका पूर्व तथा वर्तमान अध्यक्ष तथा संचालकहरु, स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल लगायत प्रति कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले आकस्मिक बीमा कोष स्थापनाकालदेखि आजसम्म संचालक समिति र विभिन्न समिति, उपसमिति, कार्यदलहरूमा रही योगदान गर्ने ब्यक्तित्वहरू, उच्च व्यवस्थापनमा रही योगदान गर्ने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अभिकर्ता, परमार्शदाताहरु, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक र प्रोफेसनल पत्रकार, लगायतलाई बीमा क्षेत्रमा कार्यरत सबै प्रति हार्दिक आभार ब्यक्त गरेको छ । कम्पनीलाई एशिया प्रशान्त क्षेत्रको एक सशक्त पुनर्बीमकको स्थानमा पुर्याउने लक्ष्यलाई मूर्त रुप दिनका लागि आ—आफ्नो स्थानबाट सक्दो सहयोग, सुझाव र सहकार्यको समेत अपेक्षा गरिएको भन्दै अध्यक्ष रविन्द्र घिमिरेले बीमितको सेवामा प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Crest

कम्पनीले विगत ८ वर्षमा विश्वका ३० भन्दा बढी देशहरुमा व्यवसायिक सम्बन्ध स्थापित गरी विभिन्न पोलिसीमार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । वि.स. २०६१ सालमा नेपाल सरकार र निर्जीवन बीमा कम्पनीहरुको पहलमा तत्कालिन विषम परिस्थितिको अवस्थामा जोखिम व्यवस्थापन गर्ने उद्देश्यले आकस्मिक बीमा कोषको स्थापना भएको थियो ।

नेपालमा २०५२ सालदेखि १० वर्षसम्म चलेको जनयुद्घको समयमा आतंकवादी आक्रमणमा हुने क्षतिको छुट्टै कोषमार्फत व्यवस्थापन गरिएको थियो । २०६३ साल मंसिर ५ गते तत्कालिन नेपाल सरकार र माओवादीबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौतामार्फत द्वन्दरत माओवादी राजनीतिक मूलधारमा आएपछि आतंकवाद बीमा पुलको औचित्य लगभग सकिएको निष्कर्षसहित सो पुलमा जम्मा भएको रकमबाट नेपाल सरकारको प्रवर्द्धनका नेपाल पुनर्बीमा कम्पनीको स्थापना भएको हो ।

यसैगरी, द्वन्दको समयमा गैर प्राकृतिक र माओवादी पक्षबाट पुर्याउने क्षतिको व्यवस्थापनको लागि सुरुमा तत्कालिन सरकारको ५ करोड र १७ वटा निर्जिवन बीमा कम्पनीको ३५/३५ लाखको लगानी गरेर आकस्मिक बीमा कोष खडा गरिएको थियो । कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै स्थापनाको ७ वर्षमा ठूलो मात्रा पूँजी विदेशिनबाट रोक्न सफल भएको छ ।

नेपाल पुनर्बीमाले विश्वमै नभएको कोभिड १९ जस्तो महामारी बीमाको समेत पुनर्बीमा गरेको छ । कोरोना बीमा मापदण्ड अनुसार नेपाल पुनर्बीमाले ठुलो रकम दाबी भुक्तानी गरिसकेको छ । त्यस्तै वैदेशिक रोजगार बीमाको पनि जोखिम बहन गरिरहेको छ ।

बीमा समितिले अर्को प्रतिस्पर्धी पुनर्बीमा कम्पनी हिमालयन इन्स्योरेन्सलाई लाइसेन्स दिए सँगै थप प्रतिस्पर्धी भएर बजारमा उत्रिएको छ । नेपाल सरकारले दिदै आएको २० प्रतिशतको डाइरेक्सेसनलाई बाँडफाँड गरी हिमालयनलाई दिए सँगै कम्पनीले आफ्नो बजार रणनीतिलाई पनि परिमार्जन गर्न थालिसकेको छ । स्वदेशी त्यसमा पनि नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले राज्यलाई राम्रो कर भुक्तानी गरिरहेको छ ।

स्थापनाको अवधिदेखि अहिलेसम्म कम्पनीले १९ प्रतिशत र ५.२६ प्रतिशत लाभांश दिइसकेको छ । जसमा आर्थिक वर्ष २०७६/७७ मा १६.५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत बोनस शेयर रहेको छ । पछिल्लो बोनस शेयर वितरण पछि चुक्ता पूँजी १२ अर्ब २३ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS