IME Life New

नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको संख्या ३,९०,७११

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको नेपाल पुनबीृमा कम्पनीको कूल १० अर्ब रुपैयाँ बराबरको शेयर आगामी दिनमा शेयर कारोबार हुँदाकै बखत कारोबार हुने भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले सो कम्पनीको लगानीकर्ताहरुको संरचना सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीमा जम्मा तीन लाख ९० हजार ७११ जना व्यक्ति तथा संस्थाहरुको सामूहिक लगानी रहेको छ । चुक्ता पुँजि १० अर्ब रहेकोमा आठ अर्ब ४० करोड रुपैयाँ लगानी ३३ वटा संस्थाको नियन्त्रणमा छ भने सो कम्पनीमा कार्यरत २१ जना कर्मचारीसँग ७३ हजार पाँच सय कित्ता शेयर रहेको छ । संस्थापक शेयरको ठूलो हिस्सा ३३ वटा संस्थाहरुसँग छ । नेपाल पुनर्बीमा कम्पनीमा जीवन र तथा निर्जिवन बीमा, नेपाल सरकारको लगानी रहेको छ । साधारण शेयरको एक करोड ६० लाख कित्ता शेयर सो कम्पनीमा कार्यरत कर्मचारी, १९ वटा विभिन्न सामूहिक लगानी कोष तथा आम सर्वसाधारणको पहुँच छ । २१ जना कर्मचारीहरुले ७३ हजार पाँच सय कित्ता शेयर लिएका छन् भने १९ वटा सामूहिक फण्डले आठ लाख कित्ता शेयर लिएका छन् । त्यस्तै बाँकी शेयर तीन लाख ९० हजार ६३८ जना सर्वसाधारणको नाममा रहेको छ । यद्यपि आगामी दिनमा शेयर खरिद बिक्री हुँदा यो संख्या भने घटबढ हुनेछ ।

Esewa
Crest

कम्पनीको संस्थापक शेयर साधारण शेयरको रेसियो करिव ८१ र १९ प्रतिशत रहेको छ । संस्थापकतर्फ आठ करोड ४० लाख कित्ता शेयर ३३ वटा नेपाल सरकारसहित विभिन्न संघ संस्थाहरुको होल्ड गरेका छन् भने सर्वसाधारणतर्फ कूल तीन लाख ९० हजार ६७८ जनाले एक करोड ६० लाख कित्ता शेयर होल्ड गरेका छन् । सेयर संरचना अनुसार तीन लाख ९० हजार ६५९ जना व्यक्ति प्रत्यक्ष लगानीकर्ताको रुपमा रहेका छन् । उनीहरु मध्ये नेपाल पुनर्बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुसँग सबैभन्दा धेरै शेयर छ । पुनर्बीमा कम्पनीका प्रत्येक कर्मचारीलाई तीन हजार पाँच सय कित्ता शेयर लिएका छन् । अन्य सर्वसाधारणसँग न्यूनतम ४० देखि अधिकतम् ५० कित्ता शेयर रहेको छ । सो मध्ये आफन्तको नाममा शेयर खरिद गर्ने व्यक्तिसँग उल्लेखित भन्दा बढि पनि हुनसक्नेछ ।

नेप्सेद्वारा सूचना अनुसार पहिलो कारोबारको लागि न्यूनतम् १४१ रुपैयाँ ४५ पैसा देखि अधिकतम् ४२४ रुपैयाँ ३५ पैसा मूल्यमा खरिद बिक्री गर्न सक्ने जनाएको छ । पुनर्बीमा कम्पनीको शेयर अधिकतम् रेन्जमा कारोबार हुनसक्ने हुँदा १० अर्ब चुक्ता पुँजि भएको नेपाल पुनर्बीमा कम्पनीको पुँजि भ्यालु ४० अर्बभन्दा माथि पुग्ने सम्भावना देखिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको कारोबार संकेत एनआरआईसी कायम गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS