काठमाडाैं । पाटन उच्च अदालतले नेपाल पुनर्बीमा कम्पनीकाे जारी पुँजि १० अर्ब बनाउने आदेश दिएकाे छ । कम्पनीले जारीी पुँजी १५ अर्ब बाट घटाई १० अर्ब बनाउन माग गर्दै दिएकाे निवेदनमाथि सुनुवाई गर्दै आज त्यस्ताे आदेश जारी गरेकाे हाे । उच्च अदालतका रजिष्टार बाबुराम दाहालका अनुसार कम्पनी ऐन २०६३ काे दफा ५८ उपदफा ९ बमाेजिम हुने गरि पुँजि घटाउन आदेश भएकाे हाे ।
नेपाल पुनर्बीमा कम्पनीकाे जारी पुँजि १० अर्ब कायम गर्न उच्च अदालतकाे आदेश
