IME Life New

नेपाल पुनर्बीमाको सातौं साधारणसभा सप्पन्न , ५ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ० दशमलव २६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षकमा टि.आर.उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाण्डौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गरेको ।

त्यस्तै, सभाले सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१०९ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ।

सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा पेश गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर ५८ करोड २५ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी १२ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चति मुनाफाबाट पहिलो पटक २.५० प्रतिशत नगद लाभांश र १६.५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS