IME Life New

नेपाल पुनर्बीमाको एकै दिन एउटै ब्रोकरबाट ३० करोड माथिको खरिद, आजको फ्लोरसिट कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (NRIC) को आज एकै दिन १ अर्ब ३७ करोडको शेयर कारोवार  भएको छ । शेयरबजारमा आज नेपाल पुनर्बीमाको शेयरले एकदमै चहलपहल देखिएको छ । कम्पनीको आज १ अर्ब ३७ करोड शेयर कारोवार भएकोमा २० नम्बर ब्रोकरबाट नै ३० करोड माथिको शेयर खरिद भएको छ ।

नेपाल पुनर्बीमाको जम्मा शेयर कारोवारको २१ दशमवल ७२ प्रतिशत खरिद एकै ब्रोकरबाट भएको छ। एउटै ब्रोकरबाट यति धेरै खरिद हुँदा लगानीकर्ताले यस शेयरलाई उत्सुकताका साथ हेरेका छन् । ब्रोकर नम्बर २० लाई छोडेर हेर्दा अन्य ब्रोकरले त्यस्तो ठूलो आक्रामक खरिद बिक्री गरेको देखिदैन। अन्य ब्रोकरको खरिद बिक्री सामान्य नै रहेको छ।

Esewa
Crest

कारोवार मात्र नभएर कम्पनीको बजार मूल्य पनि आक्रामक रुपमा वृद्धि भएको छ। कम्पनीको बजार मूल्य प्रति कित्ता १५९ रुपैयाँले वृद्धि भएर १७९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS