IME Life New

नेपाल पुनर्बीमाकाे दाबी भुक्तानी १५ प्रतिशतले बढ्याे, रू. १ अर्ब ६५ कराेड भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। सरकारी स्वामित्वकाे पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीकाे दाबी भुक्तानी‍ गत वर्ष १५‍.७० प्रतिशतले वृद्धि भएकाे छ। पुनर्बीमकले सार्वजनिक गरेकाे प्रारम्भिक तथ्या‌ंक अनुसार गत आर्थिक वर्ष २०७९।८० मा अघिल्लाे वर्षकाे तुलनामा कूल २२ कराेड ५० लाख रूपैयाँले दाबी भुक्तानी बढेकाे हाे ।

गत आवको अन्त्यसम्ममा नेपाल पुनर्बीमामा ५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ दाबी परेकोमा १ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  अघिल्लाे आव २०७८।७९ मा कूल १ अर्ब ४३ कराेड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेकाे थियाे ।

Esewa
Crest

गत आवकाे कूल दाबीमध्ये कूल ३ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ अर्थात कुल दाबी भुक्तानी गर्न बाँकी छ । बाँकी दाबीकाे सम्बन्धमा बीमकबाट थप प्रमाण माग्ने र आवश्यक अनुसन्धान गर्ने कार्य जारी रहेकाे छ।

कम्पनीले गत आवमा जीवन बीमा कम्पनीबाट प्राप्त ४०२ दाबी वापत १९ करोड ४३ लाख रुपैयाँ दाबी फर्छ्याैट गरेकाे छ। अघिल्लाे आवमा ४८० वटा दाबीवापत कूल ३७ कराेड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेकाे थियाे । यसैगरी गत आवमा निर्जीवन बीमा कम्पनीबाट १०८० वटा दाबी वापत प्राप्त १ अर्ब ४६ करोड ३८ लाख रुपैयाँकाे दाबी फर्छ्याैट गरेकाे छ। अघिल्लाे आवमा कूल ४१३ वटा दाबीवापत १ अर्ब ३ कराेड ७० लाख रूपैयाँ निर्जीवन बीमा कम्पनीले नेपाल पुनर्बीमासँग दाबी भुक्तानी लिएका थिए ।

कम्पनीले गत आवसम्म परेकाे कूल दाबीमध्ये जीवन बीमा तर्फ १२ करोड ८० लाख रुपैयाँ र निर्जीवन बीमा तर्फ ३ अर्ब ६४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS