IME Life New

नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद फागुन २९ गते मंगलबार धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। इन्स्योरेन्सले गत पुस पहिलो साता एक बराबर एक अनुपातमा ३० करोड १९ लाख ८८ हजार रुपैयाँको ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद जारी गर्न अनुमति माग गरेको थियो ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सको हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ ।

Esewa
Crest

बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले अागामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS