IME Life New

नेपाल इन्भेस्टर्स फोरमको सकारात्मक कामको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्भेस्टर्स फोरमले भोली सनिबार (फाल्गुन १२ गते)  काठमाडौँको कमलादीमा नेपालको वर्तमान पुंजी बजार र फाल्गुन ११, बाट लागु गरिएको सी-आश्वासको अनिवार्य कार्यान्वयनको बिषयमा बिस्तृत जानकारी गराउने उदेश्यले एक दिने कार्यसाला गोष्टी योजना गरेको छ । बिहान ११ बजे बाट सुरु हुने सो कार्यक्रम बेलुका ५ बजेसम्म संचालन हुने जानकारी फोरमका अधक्ष्य अम्बिका पौडेलले जानकारी दिनु भयो । २५० जनाको सहभागिता रहने लक्ष्य सहित संचालन हुन लागेको सो कार्यक्रममा नेपाल धितोपत्र बोड, सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का बिज्ञहरुको सहभागिता रहने छ।

Esewa
Crest

नि:सुल्क रुपमा योजना गरीएको यो कार्यक्रमले सर्बसाधारणलाई वर्तमान पुंजी बजारको वर्तमान अवस्था र भबिस्यबारे जानकारी लिन फलदायी हुने बिश्वाश आयोजकले गरेका छन । सर्बसाधारणहरुले पनि फोरमको यो कार्यको सराहना गर्दै राजधानी बाहिर पनि यी र येस्तै कार्यक्रमको आशा राखेको बताएका छन् ।

‘पुजी बजारमा सरोकार राख्ने लगानीकर्ताको हितको लागि भनेर खुलेका संस्थाले राजनीति मात्र गर्नुको सट्टा समय-समयमा यस्ता कार्यक्रमको योजना राजधानी र राजधानी बाहिर पनि गरिनु पर्ने’ धारणा शेयर लगानीकर्ता तथा क्यापिटल प्लसका अधक्ष्य-कमल पौडेलले बताउनु हुन्छ । नेपाल इन्भेस्टर्स फोरम अधक्ष्य अम्बिका पौडेलले राजधानी बाहिर पनि भबिस्यमा यस्ता कार्यक्रमको निरन्तरता दिने जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS