IME Life New

नेपालमा पनि ओमिक्रोनको संक्रमण पुष्टीपछि स्वास्थ्य मन्त्रालयले भन्यो, भीडभाडमा नजाऊ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली मुलुकमध्ये भारतको दक्षिणी प्रान्तमा देखा परेको ओमिक्रोन जेएन वान उपसमूहको भाइरस नेपालमा पनि फेला परेको छ।  पाँच दिन मात्र स्वास्थ्य परिक्षणका क्रममा प्रयोगशाला प्रतिवेदनबाट नेपालमा हालसम्म पनि यो भेरियण्टको भाइरस फेला नपरेको जनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नेपालमा पनि यो भाइरस भित्रिएको पुष्टी गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय प्रयोगशालामा आइतबार गरिएको परिक्षणका क्रममा सात वटा नमूनामा ओमिक्रोन भाइरस फेला परेको पुष्टी गरेको छ। प्रयोगशालामा विभिन्न स्थानबाट संकलन गरिएका १६ वटा नमूनामा जिन सिक्वेन्सिङ प्रविधिमार्फत् भाइरस परिक्षण गरिएको थियो ।

Esewa
Crest

मन्त्रालयले रोगको संक्रमण फैलिन नदिनका लागि पर्याप्त सतर्कता अपनाउँदै भिडभाडमा नजान, भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन सर्वसाधारणमा अनुरोध गरेको छ।

ओमिक्रोन जेएन वान सब भेरिएण्ट कोरोना भाइरस अन्तर्गतकै एक उपसमूहमध्ये हो । यो भाइरसको संक्रमणले रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS