IME Life New

नेपालमा किन पाएनन् ब्रोकर दलालले अनुमती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बीमा ऐनमा ब्रोकर दलालको स्पष्ट व्यवस्था भए पनि हालसम्म एउटा पनि ब्रोकर दलालले अनुमती पाएका छैनन् । समितिले निर्देशिका नै बनाएर दलालको व्यवस्था गर्ने बताए पनि हालसम्म यसले पूर्णता पाउँन सकेको छैन ।

आज भन्दा करिब सात बर्ष अगाडी भारतीय पुनर्बीमा कम्पनी जेवि बोडाले पुनर्बीमा दलालको लागि समितिमा आवेदन समेत दिएको थियो । तर, तत्काल नेपालमा पुनर्बीमा कम्पनी नै नभएकाले निश्क्रिय रहेको समितिले बताएको छ ।

Esewa
Crest

पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पूनर्बीमा कम्पनी बीच काम गर्ने कम्पनी हो । यसले दुई पक्ष बीच पुलको काम गर्छ । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ । दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुन्छन् । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ । नेपालमा भने हालसम्म यस्तो खालको दलालको व्यवस्था गरिएको छैन । तर, पछिल्लो समय विदेशी दलाल कम्पनीहरुले नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीसँग गराउँन थालेपछि समितिको ध्यान आकर्षित भएको हो ।

बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजत पत्र दिनसक्नेछ । त्यस्तै, समितिले पुनर्बिमा व्यवसाय सम्बन्धि निर्देशिका जारी गर्दै दलाल मार्फत पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको छ । बीमामा धेरै प्रकारका दलाल हुन्छन् । पुनर्बीमा निर्देशिका पनि जारी भै सकेकोले तत्कालका लागि समितिले पुनर्बीमा दलालको व्यवस्था गर्ने तयारी गरेको हो ।

नेपाली कम्पनीहरुले जेवि बोडा (भारत), पाईनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतिय दलाल मार्फत पनि पुनर्बीमा गर्दै आएका छन् । त्यस्तै, नेपालका निर्जीवन बीमा कम्पनीहरुले स्वीस रि (स्वीजरल्याण्ड), जेवि बोडा पुनर्बीमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरुसँग पुनर्बीमा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS