IME Life New

नेपालको पूनर्बीमा क्षेत्रले चुनौतीको बावजुद पर्याप्त संभावना बोकेको छ: हिमालयन रिका प्रमुख कार्यकारी अधिकृत रामामुर्थी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तीब्र गतिमा भइरहेको जलवायू परिवर्तनको कारण नेपाल जलवायु परिवर्तन सम्बन्धित जोखिमको दृष्टीकोणबाट हट स्पट बन्दै गएको अवस्था छ । यसै पृष्ठभूमीका कारण जलवायु परिवर्तनका कारण आइपर्ने विपत्ति अहिले मुलुकको पूनर्बीमा बजारको लागी मुख्य चुनौती बनेको छ । यसै सन्दर्भमा निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी चन्द्रशेखरन रामामुर्थीले एशियन इन्स्योरेन्स रिभ्युसँग गरेको कुराकानीलाई पाठकहरुको रुचीलाई ध्यानमा राख्दै नेपालीमा अनुवाद गरेर यहाँ प्रस्तुत गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत रामामुर्थी भन्छन्, नेपाली पूनर्बीमकको लागी जलवायु परिवर्तनका कारण हुने विनाशकारी दाबीहरू गम्भीर चिन्ताको विषय हुन् । र देशका निर्जीवन बीमा कम्पनीले सामना गर्नुपर्ने चुनौतीहरूलाई ध्यानमा राख्दै आफ्नो पूँजीको अधिकतम लाभ लिन जोखिम विपरित छन्। तिनीहरू बजारका चुनौतीहरू सामना गर्न अन्तर्राष्ट्रिय पुनर्बीमा क्षमता र सुरक्षामा ठूलो मात्रामा निर्भर छन् र पूँजीको सुरक्षाको लागी उच्च पूनर्बीमा समर्थन खोजिरहेका छन्। उनले भने, नेपाली बीमा कम्पनी राम्रो प्रगती गरिरहेको छ र पछिल्लो आठ वर्षमा दोब्बर अंकले विकसित हुँदै गएको छ ।

Esewa
Crest

नेपालमा बीमा क्षेत्रमा लगानी गरिएको सम्पूर्ण प्राथमिक पूँजीको आकार ६० करोड अमेरिकी डलर बराबर रहेको छ । यसको पचास प्रतिशत हिस्सा जीवन बीमाले र बाँकी पूनर्बीमा कम्पनीले ओगटेका छन् । गत आर्थिक वर्षमा खुद बीमाशुल्क आम्दानी १ अर्ब ३० करोड अमेरिकी डलर बराबर रहेको थियो ।

बीमा समितिका अनुसार २०७६। ७७ मा नेटवर्थ र बीमाशुल्क अनुपात दर ०.७४ प्रतिश रहेको थियो । जसले पर्याप्त पूँजी पर्याप्ता संकेत गर्छ ।

रामामुर्थीले भने, नियामक निकायले जारी गरेको थप चुक्ता पूँजी सम्बन्धी व्यवस्थाले धेरै निर्जीवन बीम कम्पनीहरुबीच गाभ्ने गाभिने प्रकृया जारी रहेको छ । यो मर्जर प्रकृयाले बीमा व्यवसायको बिस्तार संभावनालाई अंगाल्नको लागी निर्जीवन बीमा कम्पनीको पूँजीगत क्षमतालाई अझै बलियो बनाउनेछ ।

चुनौतीहरु
नेपालले सामना गरिरहेको चुनौतीबारे जानकारी गराएँदै रामामुर्थीले भने, पर्याप्त मात्रामा जलश्रोतको उपलब्धताले जलविद्युत निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने अपार संभावना दिएको छ ।

नेपालले सामना गरिरहेको चुनौतीबारे जानकारी गराएँदै रामामुर्थीले भने, पर्याप्त मात्रामा जलश्रोतको उपलब्धताले जलविद्युत निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने अपार संभावना दिएको छ ।

१३५ वटा संचालित र २४४ वटा इजाजत प्राप्त जलविद्युत आयोजनाले नेपालको उत्पादन क्षमता ९ हजार ३ सय मेगावाट पुग्ने अपेक्षा गरिएको छ । यो परियोजनाहरुमा भएको लगानीको आधारमा १३ अर्ब ३० करोड अमेरिकी डलरको पूँजीगत सम्पत्तिबाट ५ करोड ३२ लाख अमेरिकी डलर बीमाशुल्क आम्दानीको संभावना छ, जसले संभावित बीमा दाबीको क्षतिपूर्ती गर्न पर्याप्त हुनेछ ।

बीमाको सुरक्षामा नसमेटिएका सरकारी जलविद्युत आयोजनाहरु, समयमै वित्तीय क्लोजर र विद्युत खरिद सम्झौता प्राप्तीमा भोग्नु परेका समस्याहरु जलविद्युत उद्योगको लागी मुख्य चुनौतीमध्येका हुन् । अधिकांश जलविद्युत परियोजनाहरु हिमाली क्षेत्रहरुमा जलवायू जोखिमको संभावना सहित अवस्थित छन्, जसले लगातार र पर्याप्त दाबीको जोखिम कायम राख्छ । त्यसैले नेपालको जलविद्युत परियोजनाहरु बीमा सुरक्षाको मुख्य चुनौती भोगिरहेको छ।

पूनर्बीमा कम्पनीहरु जलविद्युत परियोजनाहरुलाई प्राथमिक सुरक्षा दिनको लागी असक्षम अवस्थामा छन्, किनकी उनीहरुले यसको लागी पूनर्बीमा क्षमता प्राप्त गर्न सकेका छैनन् ।

रामामुर्थीका अनुसार नेपालको हवाई सेवा क्षेत्रमा विभिन्न कम्पनीको स्वामित्वमा रहेका १३३ वटा विमानवापत वार्षिक १ करोड ६० लाख अमेरिकी डलर बराबरको बीमाशुल्कको संभावना छ । एक्कासी बदलाव हुने खराब मौसम र जोखिमपूर्ण हिमाली क्षेत्रका कारण यो क्षेत्रले जोखिम मोल्नु परिरहेको छ । त्यसैले बीमा कम्पनीहरुले यो क्षेत्रको लागी पर्याप्त पूनर्बीमा समर्थन प्राप्त गर्न चुनौती भोग्नु परिरहेको छ ।

देशको आर्थिक प्रगतीलाई गति प्रदान गर्नको लागी नेपाल सरकारले थुप्रै ठूला भौतिक पूर्वाधारका परियोजनाहरु, सम्पर्क बिस्तार र यात्राको समय छोट्याउनको लागी सडक, सुरुङ मार्गको काम अघि बढाएको छ ।

तर यी परियोजनाहरुको सन्दर्भमा बीमाको सुरक्षा प्रदान गर्नको लागी तिनको आफ्नै खाले चुनौती छन् । भूबनौट, जलवायू परिवर्तनको जोखिम, सामाजिक वातावरणीय मुद्दा र समयमै परियोजनाहरुको सम्पन्नता, यी परियोजनाहरुलाई सुलभ सेवा तथा शर्तमा बीमा गराउनु चुनौतीको विषय बनेको छ ।
यसबाहेक नेपाल भूकम्प, बाढी, विनाशकारी वर्षा, हिमताल विष्फोट र भूक्षय जस्ता जोखिम समेत छन् । अन्तर्राष्ट्रिय पूनर्बीमकहरुबाट पूनर्बीमा समर्थन प्राप्त गर्न र त्यसको निरन्तरताको प्रत्याभूती प्राप्त गर्नको लागी यी चुनौतीहरु छन् ।

यी विपत्ति बाहेक खराब सूचना व्यवस्थापन, अपर्याप्त जोखिम तथ्यांक, विश्वसनीय तथ्यांकको अभाव समेत नेपाली जोखिमको अन्तर्राष्ट्रिय पूनर्बीमा बजारमा जोखिम हस्तान्तरणको लागी मुख्य चुनौतीमध्ये हुन् । विश्वसनीय तथ्यांकको अभावमा पूनर्बीमकहरुलाई महाविपत्ती जोखिमको विश्लेषण र क्षति पूर्वानुमान गर्न कठिन छ ।

समाधानको विकल्पहरुः
प्रमुख कार्यकारी रामामुर्थीले भने, मुलुकको बढ्दो बीमा आवश्यक्ता र बढ्दो बजारलाई सम्बोधन गर्नको लागी पर्याप्त क्षमता, सुरक्षा, ज्ञान, विशेषज्ञतासहितको दीर्घकालीन पूनर्बीमा समर्थन प्राप्त नेपाली बीमा कम्पनीहरुको टड्कारो आवश्यक्ता हो ।

हवाई सेवा र जलविद्युत आयोजनाको बीमा सुरक्षाको लागी स्वदेशी बीमा कम्पनी र पूनर्बीमा कम्पनीहरुको सहकार्यमा बीमा पुल स्थापना गर्नु तत्कालको समाधानको लागी विकल्प हुनसक्छ ।

उनले भने, बढ्दो परम्परागत बीमा पहुँचले समेत पर्यावरणीय विपत्तिको जोखिम बहन गर्न पूनर्बीमा समर्थन आवश्यक पर्न सक्छ । महाविपत्ति जोखिम पुल र पूनर्बीमा समाधानले महाविपत्तिका कारण आइपर्न सक्ने बीमा जोखिम बहन गर्नको लागी नेपाली बीमकको क्षमता बढाउन सक्छ ।

बीमा समिति, नेपालको बीमा नियामक,ले बीमाको सम्भाव्यताको दोहन गर्न र आम नागरिकसम्म बीमाका लाभहरू पुर्‍याउन बीमा उद्योगलाई सस्तो बीमा उत्पादनहरू विकास गर्न मद्दत गर्ने उद्देश्यले बीमालेख र दाबीसम्बन्धी तथ्यांकको व्यवस्थित संकलन र विश्लेषणको लागि बीमा डाटा भण्डारको योजना पनि बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS