IME Life New

नेपालकै पहिलो ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ को शुक्रबारदेखि इकाइधनीले पैसा फिर्ता पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन २३। सिद्धार्थ क्यापिटलले निष्कासन गरेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ योजनाको अवधि पूरा भएको छ। इकाइधनीहरुलाई सम्पुर्ण रकम फागुन २५ गतेदेखि फिर्ता गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ। क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुबकुमार तिमल्सेनाका अनुसार प्रति इकाई २१ रुपैयाँ ७७ पैसाका दरले इकाईधनीले रकम फिर्ता पाउने छन्।

सामुहिक लगानी कोष नियमावली २०६७ जारी भएपछि आएको पहिलो सामुहिक लगानी कोष अन्तर्गत ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ आएको थियो।

Esewa
Crest

डिम्याट खातामा बैंक खाता अद्यावदिक गरेका इकाईधनीको खातामै रकम पठाउने व्यबस्था क्यापिटलले गरेको छ। यसैगरी भौतिक प्रमाणपत्र भएका इकाईधनीले क्यापिटलमा प्रमापत्र बुझाएर रकमा फिर्ता लिन सक्ने छन्। प्रमाणपत्र धितोमा भए फुकुवा गरी रकम फिर्ता लिन सक्ने क्यापिटलले जनाएको छ।

कम्पनीले पाँच वर्षको अवधि राखेर ५० करोड रुपैयाँको बन्दमूखी सामुहिक योजना सार्वजनिक गरेको थियो। पाँच बर्षको अवधिमा स्किमले प्रति वर्ष ४८.४४ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS