IME Life New

नेको इन्स्योरेन्सको हकप्रद शेयर छुट्ला है…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले २ः१ अनुपातमा निष्कासन गरेको शेयर हकप्रद निष्कासन चैत १ गते बन्द हुने भएको छ । माघ २६ गते देखि शेयर हकप्रद निष्कासन खुल्ला भएको थियो । कम्पनीले रू. १०० अंकित मूल्यका ३९ लाख २० हजार ९ सय २८ दशामलभ ११ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

Esewa
Crest

शेयरधनीहरुले एनएमबि क्यापिटल लगायत एनएमबि बैंकका शाखा कार्यालय र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्ता पूँजी रू १ अर्ब १७ करोड ६२ लाख पुग्नेछछ भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीको शेयरदर्ता पुस्तिका माघ ९ गते बन्द गरिएको हो ।नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १३ करोड ८९ लाख आर्जन गर्न सफल भएको छ । कम्पनीले यो गत आवको तुलनामा ३४ प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीको बीमा शूल्क आर्जत गत आवको तुलनामा २५ प्रतिशतले बढेर रू. ८० करोड ९८ लाख पुगेको छभने,जगेडा कोषको रकम रू. २५ करोड ९३ लाख पुगेको रू. २५ करोड ९३ लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी गत अवाको तुलनामा २ गुणा बढेर रू. ७८ करोड ४१ लाख पुगेको छ  ।

कम्पनीको कुल दाबी भुक्तानी रकम रू. ३१ करोड ८२ लाख रहेको छभने भुक्तानी हुन बाँकी दाबी रकम रू. ३५ करोड ४८ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (हकप्रद शेयर समायोजन अगाडी) रू. २९ दशमलव ७२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS