IME Life New
GBIME

नियामक निकाय बीमा‌ समितिका कर्मचारी‌‌ कस्ता-कस्ता प्रवृत्तिका !

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्वदेशी बीमा कम्पनीहरुको नियामक निकाय हो, बीमा समिति। बीमा कम्पनीहरुले ऐन नियम निर्देशन र आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने र आवश्यकता अनुसार सुधारात्मक वा उपचारात्मक कारवाही गर्ने काम बीमा समितिले गर्ने गर्दछ । तर, समितिका उच्चपदस्थ कर्मचारी नै व्यक्तिगत स्वार्थ पुरा गर्न जेसुकै र जस्तो सुकै हर्कत गर्न पछि नपरे के हुन्छ?

लगानी स्वीकृति दिंदा र्‍यालः
बीमा समितिको लगानी निर्देशिकाले तोकेको सीमाभन्दा बढी लगानी गर्न वा कुनै विशेष क्षेत्रमा लगानी गर्नको लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो तहका पदाधिकारीलाई नरिझाएसम्म निवेदन स्वीकृत हुँदैन।

Crest

यतिसम्म पनि तमाशा देखिएको छ की एकै शीर्षकको लगानीको लागि स्वीकृति दिइएको पत्र फरक फरक पदाधिकारीको हस्ताक्षर मार्फत्‌ जारी भएका छन्। माथिल्लो तहबाट स्वीकृत गरिएको तर आफूलाई भागबण्डामा सहभागी नगराएको अवस्थामा स्वीकृतिको पत्र नै गायब पारिएको घटना पटक पटक दोहोरिने गरेको छ।

वित्त विभागका प्रमुखहरुको साझा गुनासो छ । माथि मिलाएर स्वीकृत गरिएको पत्र तल अड्किएको हुन्छ, माथि गुनासो गरौं फेरि पनि काम लिनुपर्छ, त्यसैले तलकाको पनि चित्त बुझाउनैपर्छ। यसबाहेक नियामकद्वारा कारवाही वा तत्काल लागू गर्नुपर्ने गरी जारी गरिएका निर्देशनात्मक पत्र समेत काठमाडौं उपत्यकाभित्रै रहेका बीमकको प्रधान कार्यालयसम्म पुग्न पनि तीन दिन भन्दा बढीको समय लागेको छ। ढिलोगरी पत्र पुग्दा त्यसको औचित्य नै समाप्त भइसकेको हुन्छ।

कथित आफन्त भर्नाको दबाबः
विभागीय प्रमुखहरु र निर्देशकहरुमध्ये केहीको बजारमा भएका बेरोजगार जति सबै सालासाली, भान्जाभान्जी, ज्वाइँ‌ वा बहिनी नाता पर्ने देखिन्छ। फलानोलाई पठाको छु, मिलाएर जागिर लाइदिनुहोला भन्दै निर्देशन मिश्रित शैलीमा अनुरोध गर्दै सिधै प्रमुख कार्यकारी अधिकृतहरुलाई फोन गर्छन्।

संस्थागत सुशासन निर्देशिका विपरित बीमा समितिको निर्देशकको परिवार र नजिकको सदस्य(श्रीमान्, श्रीमति, छोरा,छोरी,बुहारी, साला, साली) बीमा कम्पनीमा जागिरे छन्। नियामक निकायको एकाघर परिवारका सदस्य बीमा कम्पनीमा कर्मचारीको हैसियतमा कार्यरत हुँदा नियामकको भूमिका प्रभावित हुन्छ। नियुक्तिको लागि आउने दबाबलाई तपाईले जति इन्टरटेन गर्नुहुन्छ, त्यति पेल्न खोज्छन् अर्का प्रमुख कार्यकारी अधिकृतले भने,वास्ता गर्नु भएन भने एक दुई पटक बाहेक तपाईलाई भन्ने प्रयत्न गर्दैनन्।

ठेक्कापट्टामा‌ पनि चासोः
आफन्त वा साथीभाईको नाममा दर्ता भएका विद्युतीय उपकरण, सूचना प्रविधि उपकरण आपूर्तिकर्ता वा प्रिन्टिङ सामाग्री तयार पार्ने छापाखानासँग ठेक्कापट्टा वा वस्तु तथा सेवा आपूर्तिको सम्झौता समेत गर्न दबाब दिएर प्रत्यक्ष अप्रत्यक्षरुपमा फाइदा लिने गरेका छन् ‌।
यस्तो अवस्थामा नैतिकताको अपेक्षा कसरी गर्न सकिन्छरु समितिकै एकजना असन्तुष्ट कर्मचारीले गुनासो गर्दै भने,जसले जे गरेपनि हुने रहेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS