IME Life New

निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक सूचना प्रसारण गर्नेहरुमाथि सरकारले थाल्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचना प्रसारण गर्नेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।

विगत केही समयदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ। ‘यस्ता सूचना तथा विज्ञापनमा कुनै सत्यता छैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्यस प्रकारका सूचना तथा विज्ञप्तिमा क्लिक गर्न सर्वसाधारण अनुरोध छ।’

Esewa
Crest

यस्ता गलत तथा भ्रामक सूचना तथा विज्ञप्ति प्रसारण गर्नेहरुलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रियासमेत अघि बढाइसकिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS