IME Life New

नाै महिनामै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीको राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलको सचिवालय मार्फत उनले शुक्रबार बोर्डको अध्यक्षबाट राजीनामा पत्र दिएका हुन्।

चार वर्षे कार्यकालका लागि नियुक्त लोहनी नाै महिनामै बोर्ड सञ्चालक समिति अध्यक्ष पदको जिम्मेवारीबाट बाहिरिएका थिए । पहिलो स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने समयमा उनी बोर्डको कार्यकारी निर्देशक पदमा रहेका थिए । उनलाई स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्ने उपायबारे पर्याप्त अनुभव भएपनि सरकारी उदासिनताका कारण स्वास्थ्य बीमा कार्यक्रमले प्रभावकारीता प्राप्त गर्न नसकेको टिप्पणी हुँदै आएको छ।

Esewa
Crest

बोर्डले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमको दाबी भुक्तानी गर्न पैसा नभएको भन्दै बोर्डले सरकारसँग अनुदानवापतको रकम एकमुष्ठ उपलब्ध गराउन सरकारसँग अनुरोध गर्दै आएको थियो । अर्थ मन्त्रालयबाट अनुदान रकम निकासाका लागि स्वास्थ्य मन्त्रालयले चासो नदेखाएपछि दाबी भुक्तानी नदिई कार्यक्रमलाई निरन्तरता दिन नसकिने बोर्ड पदाधिकारीले बताउँदै आएका थिए ।

देशकै ठूलो सरकारी अस्पताल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको महाराजगंज शिक्षण अस्पताल, वीर अस्पताल लगायतका ठूला अस्पतालका लागि बोर्डले दाबीवापतको ठूलो रकम भुक्तानी गर्न बाँकी छ।

गत मंसिर १३ गते बोर्ड अध्यक्ष पदमा नियुक्त लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा सुधारका प्रयास थालेका थिए । उनले सेवाको दुरूपयोग गर्नका लागि सहभुक्तानी व्यवस्था लागू गरे । सुविधा थैलीहरूलाइ समयसापेक्ष अध्यावधिक गर्ने काम गरे ।

लोहनी अध्यक्ष पदमा नियुक्त हुनु अघि २०७९ माघ २४ गते तत्कालीन बोर्ड अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पनि कार्यकाल पुरा नहुँदै पदबाट राजीनमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS