IME Life New

नागरिक लगानी कोषको ३० प्रतिशत बोनश शेयर पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कोषले आर्थिक २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Crest

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने धारणा राखेका थिए ।

त्यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने कोषको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अशोक बुढाथोकीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS