IME Life New

नयाँ वर्ष लागे देखि वाणिज्य बैंक उपसुचकमा सर्वाधिक वृद्धि, हाइड्रोपावर उपसुचकमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वर्ष २०७६ वर्ष लागे देखिनै पुँजी बजारले सकारात्मक दिशा समात्दै आएको छ। यो वर्ष बैसाख ११ गते सम्म आउँदा नेप्से परिसूचकमा ८ प्रतिशतको वृद्धि देखिएको छ। वर्षको पहिलो कारोवर दिन बैशाख २ गते नेप्से परिसूचक ११८४ दशमलव ०२ को विन्दुमा खुलेकोमा बैशाख ११ गते नेप्से परिसूचक १२७९ दशमलव २९ को विन्दुमा बन्द भएको छ।


यो वर्ष सबै भन्दा धेरै वाणिज्य बैंकको उपसुचकमा वृद्धि देखिएको छ। यो वर्ष वाणिज्य बैंकको उपसुचकमा १३ प्रतिशतको वृद्धि देखिएको छ। वाणिज्य बैंक पछि धेरै वृद्धि हुनेमा माईक्रोफाईनान्स र होटल उपसुचक देखिएका  छन्। माईक्रोफाइनान्स र होटल उपसुचकमा ६ प्रतिशतको वृद्धि देखिएको छ।
जीवन बीमा कम्पनीको उपसुचकमा ४ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ प्रतिशतको वृद्धि देखिएको छ।
अहिलेको बुल प्रवित्तिमा सबै भन्दा पछाडी हाईड्रोपावर उपसुचक परेको छ। हाईड्रोपावर उपसुचकमा करिव १ प्रतिशतको गिरावट देखिएको छ। हाईड्रोपावर बाहेक सबै उपसुचकमा वृद्धि देखिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS