IME Life New

धमाधम दाबी भुक्तानी गर्दै स्वास्थ्य बीमा बोर्ड, छैठाैं किस्तावापत दियो रू. २ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमित बिरामीलाई उपचार सेवा प्रदान गरेका स्वास्थ्य संस्थालाई छैठाैं किस्तावापत २ अर्ब १८ करोड रूपैयाँभन्दा धेरै रकम सोधभर्ना गरेको छ । बोर्डले कुल ३४९ स्वास्थ्य संस्थालाई बीमावापतको रकम सोधभर्ना गरेको हो।

बोर्डका अनुसार छैठाैं किस्ताको ८० प्रतिशत रकमवापत कुल २ अर्ब १८ करोड २९ लाख ९६ हजार रूपैयाँ दाबी भुक्तानी दिइएको हो । बोर्डले सञ्चालक समितिको गत असार ११ गतेको निर्णय अनुसार कुल ३४९ स्वास्थ्य संस्थालाई थप दाबी रकम उपलब्ध गराएको हो ।

Esewa
Crest

बोर्डले यसअघि गत जेठ २० गते पाँचाैं किस्ता दाबी अन्तर्गतको १५ प्रतिशत रकमवापत ५९ करोड १७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको थियो। त्यसअघि पाँचाैं किस्ता अन्तर्गत गत बैशाख २३ गते दाबी वापत ३ अर्ब ३५ करोड २९ लाख ५० हजार रूपैयाँ स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको थियो ।

बोर्डका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को असार १३ गतेसम्ममा स्वास्थ्य संस्थालाई कूल ११ अर्ब २ करोड ९२ लाख ४६ हजार रूपैयाँ दाबी भुक्तानी दिइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सम्बन्धित स्वास्थ्य संस्थाले बीमितलाई उपचार सेवा प्रदान गरेपछि सोवापतको खर्च रकम बोर्डसँग सोधभर्ना लिने गरेका छन् । उपचारका क्रममा बिरामी स्वयमले चाहिँ उपचार खर्चवापतको १० प्रतिशत रकम तत्कालै सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी दिनुपर्छ भने बाँकी ९० प्रतिशत रकम बोर्डले भुक्तानी गरिदिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS