IME Life New

दुई पुनर्बीमा कम्पनीलाई राहात, न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्ष म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्ष म्याद थप गरेको छ। योसँगै न्यूनतम चुक्तापुँजी पुर्याउन सकस भोगिरहेका नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)लाई ठूलो राहात भएको छ।

बीमा प्राधिकरणको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी पुर्याउने समयावधि एक वर्ष थप गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष मदन दहालले जानकारी दिए। यसअघि पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन चालु आर्थिक वर्षको माघ मसान्तसम्म समय दिइएको थियो। प्राधिकरणले एक वर्ष थपेपछि अब पुनर्बीमा कम्पनीहरुले आउँदो वर्ष माघ मसान्तसम्म न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्नेछ।

Esewa
Crest

गत वर्ष माघमा बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। सोहीबमोजिम प्राधिकरण दुवै पुनर्बीमा कम्पनीलाई क्यापिटल प्लान पेस गर्न निर्देशन दिएको थियो। स्वदेशभित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पुँजी वृद्धि गर्न जरुरी रहेको प्राधिकरणको निष्कर्ष रहेको थियो।

निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिको हाल चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। सुरुआत पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीले आर्थिक वर्ष २०७९।८० मा शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेपछि १० अर्ब ४० करोड रुपैयाँ पुगेको हो।

हिमालयन रिको गत वर्ष फागुन २० गते बसेको तेस्रो वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने १० अर्ब ४० करोड रुपैयाँको ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। जसअनुसार कम्पनीले ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद ल्याउने तयारी गरिरहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्ने र बाँकी रहेको पुँजी बोनस शेयर जारी गरेर पुर्याउने योजना कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो।

बीमा प्राधिकरणले हिमालयन रिलाई हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति दिइसकेको छ। यद्यपि कम्पनीले हकप्रद ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन भने पेस गर्न बाँकी रहेको छ।

उता सरकारी स्वामित्वको नेपाल रिको हाल चुक्तापुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ रहेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९।८० मा शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

नेपाल रिसँग पनि न्यूनतम चुक्तापुँजी पुर्याउने एकमात्र विकल्पका रुपमा हकप्रद शेयर जारी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS