IME Life New

दुई पुनर्बीमा कम्पनीको लगानी २५ अर्ब ८६ करोड, बाणिज्य बैंकको मुद्दतीमा ८१.६८ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दुई पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा २५ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । यस मध्ये सर्वाधिक धेरै बाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्रै ८१.६८ प्रतिशत रहेको छ । गत असारमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले ७ अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ ।

हिमालयनले पनि सर्वाधिक धेरै बाणिज्य बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन रिले बाणिज्य बेंकको मुद्दती बाहेक विकास बैंकको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गरेको छ । यस बाहेक हिमालयनले अन्य कुनै पनि क्षेत्रमा लगानी गरेको देखिदैन ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीले भने नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै सूचिकृत कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । यस बाहेक बैंकहरुको ऋणपत्र र अग्राधिकार शेयरमा एक अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ ।

नेपाल पुनर्बीमाले म्युचुअल फण्डमा पनि ९ लाख ४४ हजार लगानी गरेको छ । त्यस्तै विभिन्न कम्पनीको संस्थापक शेयरमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई लगानीमा विविधता ल्याउन निर्देशन दिए पनि कम्पनीहरुले खासै अन्य क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् ।

पुनर्बीमा कम्पनी आफैमा जोखिमको व्यवसाय हो । यसले धेरै जोखिम लिने भएकाले आफ्नो लगानीलाई पनि त्यति धेरै जोखिमयुक्त क्षेत्रमा लगानी गरेको पाइदैन । भर्खरै सञ्चालनमा आएको हिमालयन रिको चुक्ता पूँजी नै ७ अर्ब रुपैयाँ मात्रै छ । यसले गर्दा पनि कम्पनीको लगानी त्यति धेरै ठुलो देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS