IME Life New

दुई पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा मुद्दति निक्षेपमा, शेयर र अरु क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। एउटा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र अर्को निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स कम्पनी (हिमालयन रि) रहेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी दुवै रिइन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८० को असार मसान्तसम्म विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्। जसअनुसार नेपाल रिको २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ र हिमालयन रिको १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ।

Esewa
Crest

यी दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ। बैंकहरुको मुद्दति निक्षेपमा नेपाल रिको कुल १७ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ। जसअनुसार नेपाल रिले क वर्गको १५ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ, ख वर्गका विकास बैंकमा १ अर्ब ८६ करोड ७६ लाख रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी रहेको छ।

नेपाल रिले सरकारी बचतपत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ, सूचीकृत कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ९ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६८ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ।

उता हिमालयन रिले बैंकहरुको मुद्दति निक्षेपमा १३ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ। जसअनुसार कम्पनीले क वर्गका बैंकहरुमा १३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ र ख वर्गका विकास बैंकहरुमा १५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेको छ।

यसैगरी हिमालयन रिले सूचीकृत कम्पनीको शेयरमा १ अर्ब ८ करोड ७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ४ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ९० करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा ३७ करोड ९७ लाख रुपैयाँ र अन्य क्षेत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS