IME Life New

दक्षिण कोरियामा दुर्घटनाग्रस्त विमानको बीमांक झन्डै डेढ खर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तुलनात्मक रुपमा सुरक्षित मानिने दक्षिण कोरियाको नागरिक उड्ययनमा गत आइतबार दुर्घटनामा परेको विमानको झन्डै डेढ खर्ब रुपैयाँबराबरको दाबी पुनर्बीमकले भुक्तानी गर्नुपर्ने भएको छ।

वायु सेवाप्रदायक जेजु एयरले सार्वजनिक गरेको जानकारीअनुसार दुर्घटनाग्रस्त विमानका लागि १ अर्ब ३ करोड ६५ लाख अमेरिकी डलर (१ खर्ब ४२ अर्ब नेपाली रुपैयाँ) बराबर बीमांकको बीमा गरिएको थियो। योमध्ये यात्रु र चालक दलका लागि १ अर्ब अमेरिकी डलरको क्षतिपूर्ति सीमा र विमानमा भएको क्षतिका लागि ३ करोड ६५ लाख १० हजार अमेरिकी डलर क्षतिपूर्तिको सीमा थियो।

Esewa
Crest

रिपोर्टहरुका अनुसार दक्षिण कोरियाली सामसुङ फायर एन्ड मरिन इन्स्योरेन्सको नेतृत्वमा संलग्न ५ बीमा कम्पनीले मृतक र घाइतेका परिवारलाई पर्याप्त र तुरुन्त क्षतिपूर्ति प्रदान गर्ने विषय सुनिश्चित गर्न वित्तीय अधिकारीहरुले उपायहरु लिने योजना बनाएका छन्। संलग्न ५ पुनर्बीमकमध्ये विदेशी पुनर्बीमकले उड्डययन बीमाको ९९ प्रतिशत जोखिमांकन गरेका छन्।

जेजु एयरले विमानको पुनर्बीमाका लागि सामसुङ फायर एन्ड मरिन इन्स्योरेन्स प्रमुख उड्डययन बीमा कम्पनी भएको जानकारी गराएको छ। यसैगरी एक्जा एक्सएलले दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हालै दुर्घटनाग्रस्त भएको विमानका लागि प्राथमिक पुनर्बीमा प्रदायकका रुपमा काम गरेको थियो।

विमान दुर्घटनामा कुल १८१ जना सवारमध्ये १७९ यात्रुले ज्यान गुमाए। प्रारम्भिक रुपमा जहाजमा चरा ठोक्किएर विमानमा क्षतिपुग्दा दुर्घटना भएको दाबी गरिए पनि यकिी कारण पत्ता लगाउन अनुसन्धान जारी छ।

उडान नम्बर २२१६ बाट थाइल्यान्डको बैंककबाट चालक दलको ६ सदस्य र १७५ जना यात्रु लिएर फर्किंदै गर्दा बोइङ ७३७–८०० मोडलको विमान मुआन विमानस्थलमा धावनमार्गको छेउबाट चिप्लिएर धावनमार्ग बाहिरको भित्तामा ठोक्किएर भीषण आगलागी भएको थियो।

यात्रा बीमाजस्ता व्यक्तिगत बीमा दाबीको सन्दर्भमा, वित्तीय अधिकारीले ग्राहकहरु बीमा गरिएको छ कि छैन भनेर जाँच गर्न र दाबीहरुका लागि आवेदन दिन र भुक्तानी गर्न जीवन र स्वास्थ्य बीमा संघमा एक द्रुत क्षतिपूर्ति केन्द्र स्थापना गर्ने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS