IME Life New

थाइल्यान्डमा कोरोना स्वास्थ्य बीमा योजनामा उत्साहजनक सहभागिता 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

एजेन्सी : यस वर्ष संसारमै राम्रो व्यापार गर्ने बीमा कम्पनी मध्यको एक टीक्यूएम कर्पोरेशनले यस वर्ष फेब्रअरी महिनाबाट  विश्वभरिनै फैलिएको कोरोना भाइरसबाट लाग्ने रोग कभर गर्ने नीतिले सुरु गरेको स्वास्थ बीमा योजनामा उत्साहजनक सहभागिता देखिएको छ।

फेब्रअरी महिनाबाट टिक्युएम कर्पोरेशनले बैंकक इन्स्योरेन्स र दिपाया इन्स्योरेन्सको साझेदारीमा सो बीमा पोलिसी बिक्री गर्ने सुरु गरेको थियो। अहिलेसम्म टिक्युएम कर्पोरेशनले कोरोना स्वास्थ्य बीमा योजना अन्तर्गत १० लाख बीमा लेख बिक्री गरिसकेको छ। कम्पनीले बिक्री गरेको बीमा योजना ४३९ थाई भाट देखि १२५० थाई भाट पर्ने गर्दछ । एक वर्ष अवधिको यो बीमा योजनाले कुनै बिमीतलाई कोरोनाको संक्रमण देखिएमा १० लाख थाई भाट सम्मको उपचार खर्च दिन्छ ।

कम्पनीले कोरोना रोगलाई लक्षित स्वस्थ बीमा पोलिसी दैनिक ४ हजार बटा बिक्री गरिरहेको र कुनै समय एकै दिनमा ५० हजार सम्म पोलिसी बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS