IME Life New

त्रिशुली जलविद्युत परियाेजनाकाे लागी स्वीस रिले ल्यायाे विशेष पूनर्बीमा याेजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । अन्तर्राष्ट्रिय पूनर्बीमक स्वीस रिले नेपालकाे जलविद्युत परियाेजनाकाे स‌ंभावित वित्तीय जाेखिम बहन गर्नका लागी अन्तर्राष्ट्रिय वित्त संस्थान (IFC) र पूनर्बीमा दलाल कम्पनी एओन (AON) सँगकाे सहकार्यमा विशेष बीमालेख प्रयाेगमा ल्याएकाे छ।

स्वीस रिले काठमाण्डाै‌‌बाट ७० किलाेमिटर उत्तरपूर्वमा अवस्थित २१६ मेगावाट क्षमताकाे माथिल्लाे त्रिशूली १ जलविद्युत परियाेजनाकाे बीमाका लागी विशेष बीमालेख विकसित गरेकाे हाे ।

Esewa
Crest

२०७२ सालकाे भूकम्पका कारण निर्माणाधीन परियाेजनामा क्षति पुर्याएपछि बीमा क्षतिपूर्ती दाबीकाे प्रकृयागत झण्झटका कारण त्रिशुली जलविद्युत परियाेजनाले क्षतिपूर्ती दाबी गर्न निक्कै लामाे समय लागेकाे थियाे । परियाेजना निर्माणस्थल भूकम्पकाे उच्च जाेखिमयुक्त क्षेत्रमा अवस्थित भएकाले परियाेजनामा लगानी जुटाउन समस्या परिरहेका बेला स्वीस रि कर्पाेरेट सल्युशनले स‌ंयुक्त राज्य अमेरिकाकाे भाैगाेलिक सर्वेक्षण प्रतिवेदनका आधारमा जाेखिमा‌ंकन गरेकाे हाे । प्यारामेट्रिक बीमाले भूकम्पका कारण परियाेजनामा कुनै क्षति पुगेकाे अवस्थामा क्षतिबारे सर्वेक्षण, मूल्या‌ंकन लगायतकाे लामाे प्रकृया पुरा नगरी बिना झण्झट तत्कालै क्षतिपूर्ती उपलब्ध गराउँछ ।

आईएफसी र अन्य बहुपक्षीय विकास बैंकहरूले पहिलाे पटक प्यारामेट्रिक बीमाद्वारा रक्षावरण गरिएकाे निर्माण परियोजनामा ऋण लगानी गर्न सहमति जनाएका हुन् । स्वीस रिका अनुसार नेपाल बीमा नियामक नेपाल बीमा प्राधिकरणले याे विशेष बीमायाेजनालाई अनुमोदन गरेको छ।

स्वीस रिका अनुसार याे बीमा सुरक्षाले ५ वर्षे निर्माण अवधिकाे लागि निश्चितता प्रदान गरेकाे र यसले कुनै पनि सम्भावित ढिलाई वा निर्माण प्रकृयामा परिवर्तनहरू प्रतिबिम्बित गर्न वर्ष-वर्ष बीमा मूल्यहरू समायोजन गर्ने लचिलोपनलाई समेत अनुमति दिएकाे छ।

यो बीमा समाधान महत्वपूर्ण नवीकरणीय उर्जा पूर्वाधार निर्माणको लागि ऋणपूँजी लगानीकाे अन्तरलाई न्यून पार्न मद्दत गर्नका लागि प्यारामेट्रिक बीमाले विश्वलाई थप लचिलो बनाउने छ भन्ने स्वीस रिले विज्ञप्तीमा उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS