IME Life New

त्रिविको परीक्षा शाखाका कर्मचारीलाई रकम दिएर नम्बर बढाउने कोइरालाको शैक्षिक प्रमाणपत्र रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयले सुरेन्द्र प्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको छ । कर्मचारीलाई रकम दिएर नम्बर बढाएको खुलासा भएपछि त्रिभुवन विश्वविद्यालयले सुरेन्द्रप्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामिक विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका कोइरालाले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएका थिए । यसै विषयमा अख्तियारले अनुसन्धान सँगै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Esewa
Crest

अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारले समेत पुष्टि गरेको भन्दै विश्वविद्यालयले सुरेन्द्रका प्रमाणपत्रहरुलाई अयोग्य घोषित गरेको हो ।

केन्द्रीय परीक्षा संचालन समितिको साउन ३ गते बसेको बैठकले उनको तिनवटै विषयको शैक्षिक योग्यताको प्रमाणपत्रलाई रद्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS