IME Life New

तीन महिनामै प्राकृतिक विपत्तीबाट एशियामा रु‍. ७ खर्ब भन्दा बढीकाे क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सन् २०२३ काे पहिलाे तीन महिनामा एशियाली मुलुकले प्राकृतिक विपत्तीका कारण विश्वले व्यहाेर्नुपरेकाे आर्थिक नाेक्सानी औसतभन्दा माथि उक्लिएकाे छ।  एशियाली मुलुककाे क्षति विश्वव्यापी क्षति ७७ अर्ब अमेरिकी डलरकाे अनुमानित कुल आर्थिक घाटाको ७ प्रतिशत थियो।

पुनर्बीमा दलाल, गलाघर रि का अनुसार प्राकृतिक कारणले गर्दा भएको प्रारम्भिक आर्थिक घाटा ७७ अर्ब अमेरिकी डलर पुगेको छ। गलाघरका अनुसार कुल विश्वव्यापी आर्थिक नाेक्सानीमध्ये एशियाले मात्र ५‍.३९ अर्ब अमेरिकी डलर( करिब ७ खर्ब ८ अर्ब नेपाली रूपैयाँ) बराबरकाे क्षति व्यहाेर्नुपरेकाे छ । त्यसैगरी ल्याटिन अमेरिकाले ९ प्रतिशत अर्थात ६.३९ अर्ब अमेरिकी डलर र उत्तर अमेरिकालाई २६ प्रतिशत अर्थात् २० अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानी भएकाे छ। विश्वव्यापी नाेक्सानीकाे २९ प्रतिशत मात्रै बीमा मार्फत् सार्वजनिक तथा निजी संस्थाहरूले जाेखिम हस्तान्तरण गरेका थिए।

Esewa
Crest

तर, मध्यपूर्वले व्यहाेर्नुपरेकाे प्राकृतिक विपत्तीकाे आर्थिक नाेक्सानीमा सबैभन्दा ठूलाे हिस्सा रहेकाे थियो । मध्य पूर्वले विश्वको कुल ना्ेक्सानीकाे ४० अर्ब अमेरिकी डलर भन्दा बढी क्षति व्यहाेर्न बाध्य भएकाे थियाे ।

विनाशकारी भूकम्पका कारण मध्यपूर्वमा टर्की र सिरियामा मात्र ४५ अर्ब अमेरिकी डलर बराबरकाे क्षति भएकाे अनुमान गरिएकाेमा ५ अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानी मात्र बीमा गरिएकाे गलाघरकाे प्रतिवेदनमा उल्लेख छ ।

भूकम्प, मौसम र जलवायु-सम्बन्धित प्रकोपहरू बाहेक पछिल्लाे तीन महिनामा विश्वले ३१ अर्ब अमेरिकी डलर बराबरकाे क्षति व्यहाेर्नु परेकाे छ। पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीहरुले याे घाटाकाे पचास प्रतिशतभन्दा बढी करिब १७ अर्ब अमेरिकी डलरकाे क्षतिपूर्ती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS