IME Life New

१९ जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३२ अर्ब, कसको कति ? (तथ्याङ्क सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७७र७८ को असोज मसान्तसम्ममा ३२ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७७।७८ को असोज मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ९ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले असोज मसान्तसम्मा ५ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै,नेशनल लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ४७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २२ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ६ करोड रुपैयाँ, गुराँस लाइफले ९७ करोड रुपैयाँ सूर्या लाइफले ८५ करोड रुपैयाँ, सिटिजन लाइफले ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

रिलायबल लाइफले ५४ करोड रुपैयाँ, आइएमई लाइफले ५४ करोड रुपैयाँ, ज्योति लाइफले ५४ करोड रुपैयाँ, रिलायन्स लाइफले ४८ करोड रुपैयाँ, सन नेपाल लाइफले ४३ करोड रुपैयाँ, सानिमा लाइफले ३५ करोड रुपैयाँ, प्रभु लाइफले २५ करोड रुपैयाँ, र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS