IME Life New

तिलगंगाले बाराको निजगढमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउँदै

SPIL
निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालको नयाँ भवन
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको निजगढमा सञ्चालित निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने भएको छ। अस्पताल व्यवस्थापनका अनुसार कात्तिक २२ गतेदेखि अस्पतालले आफ्नै भवनबाट आँखा उपचार सम्बन्धि सेवा प्रदान गर्नेछ ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

Esewa
Crest

अस्पताल व्यवस्थापनका अनुसार निजगढमा निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि बिरामीले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको छ। साथै समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS