काठमाडौं । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडमा सञ्चालक फरेबदल भएका छन् । होटेल्सको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत लगानीकर्ता तारा गाउँ विकास समितिको तर्फबाट नियुक्त सञ्चालक प्रल्हाद न्यौपानेको स्थानमा सुरेशराज जोशी र कम्पनीको अध्यक्ष राधेश्याम सराफको स्वर्गारोहण पछि रिक्त पदमा देवेश सराफलाई सञ्चालक नियुक्त गरेको हो ।


















