IME Life New

तलब रु. ५० हजार तर बचतै हुँदैन ? यो फर्मुला अपनाउँदा जम्मा गर्न सकिन्छ ठूलो धनराशि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मासिक तलब ५० हजार रुपैयाँ छ। यो राम्रो तलब हो। परिवार पनि सानो छ। तर पनि पैसा जोगिएको छैन। कुनै महिना केही बचत हुन्छ भने अर्को महिना थप खर्च हुने गरेको छ। यस्तो अवस्थामा समग्र तलब राम्रै भए पनि हात खाली हुन्छ। अहिले अधिकांश जागिरेको अवस्था यही हो।

आर्थिक रुपमा आत्मनिर्भर बन्न र भविष्यका लागि योजना बनाउन अहिले नै केही गर्नुपर्छ। आफ्नो ५० हजार रुपैयाँको तलबबाट कति बचत गर्नुपर्छ र थोरै जोखिममा पनि ठूलो प्रतिफल प्राप्त गर्नका लागि त्यो बचत रकम कहाँ लगानी गर्ने ? यी सूत्र अपनाएर ठूलो धनराशि जम्मा गर्न सकिन्छ। सबैभन्दा पहिले बजेट बनाउनुपर्छ। आफ्नो आय र खर्चको सूची तयार गर्नुपर्छ। यसो गर्दा बचतका लागि कति पैसा छ भनेर थाहा दिनेछ।

Crest

आफ्नो आम्दानीको कम्तीमा २० प्रतिशत बचत गर्नुपर्छ। यसले दीर्घकालीन रुपमा सम्पत्ति सिर्जना गर्न मद्दत गर्नेछ। बचतको रकमलाई शेयर बजार, म्युचुअल फन्ड वा सुनलगायतका क्षेत्रमा लगानी गर्न सकिन्छ।

मानौँ कोही लगभग ३० वर्षको छ भने उसले मुद्दति निक्षेपजस्ता विकल्पमा कम ध्यान दिनुपर्छ। किनकि जहाँ काम गरिरहेको छ, त्यहाँ पीएफ (सञ्चय कोष)मा योगदान गरिरहेको छ। यद्यपि एउटा विविध पोर्टफोलियोले सधैँ कम जोखिम र राम्रो प्रतिफल ल्याउँछ।

जहिले पनि लामो अवधिका लागि लगानी गर्नुपर्छ। यसले समयसँगै लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न मद्दत गर्छ। आज हरेक हातमा मोबाइल फोन छ। त्यसैले समय मिल्दा रिल हेर्नुको सट्टा वित्तसँग सम्बन्धित कुरा पढ्नुपर्छ। कसरी बचत गर्ने र कहाँ लगानी गर्ने भन्नेबारे वित्तीय सल्लाहकारबाट पनि मद्दत लिन सकिन्छ।

यो सूत्र अपनाऔँ

मासिक तलब रु. ५० हजार

  • आवश्यक खर्चः ५०% (रु. २५,०००)
  • बचतः २०% (रु. १०,०००)
  • लगानीः १५% (रु. ७,५००)
  • ऐच्छिक खर्चः १०% (रु. ५,०००)
  • अन्यः ५% (रु २,५००)
  • अब विस्तृत रुपमा बुझौँ

महत्वपूर्ण काममा ५०% खर्च

  • भाडामा बस्दै आएमा भाडा रकम १५ प्रतिशत अर्थात् ७,५०० रुपैयाँ हुनुपर्छ।
  • खानामा १०% खर्च अर्थात् रासनमा ५,००० रुपैयाँ।
  • यातायातमा ५% खर्च अर्थात् २,५०० रुपैयाँ।
  • बिजुलीसहित सबै बिलमा ५% खर्च अर्थात् रु. २, ५०० रुपैयाँ।
  • अन्य आवश्यक खर्चमा १५% रकम अर्थात् रु ७,५०० रुपैयाँ।

अब बचतको कुरा गरौँ

आफ्नो तलबको कम्तीमा २० प्रतिशत अर्थात् १०,००० रुपैयाँ बचत गर्नुपर्छ।

  • जसमा ५% अर्थात् मासिक २,५०० रुपैयाँ शेयर बजारमा लगानी गर्नुपर्छ।
  • म्युचुअल फन्डमा प्रत्येक महिना ५ प्रतिशत रकम अर्थात् रु. २,५०० को एसआईपी गर्नुपर्छ।
  • यसबाहेक अन्य क्षेत्रमा ५% अर्थात् रु. २,५०० लगानी गर्नुपर्छ।
  • बाँकी २,५०० रुपैयाँ प्रत्येक महिना आफ्नो बचत खातामा राख्नुपर्छ।

तलबको १० प्रतिशत अर्थात् ५,००० रुपैयाँ वैकल्पिक रुपमा खर्च गर्न सकिन्छ। जसमा मनोरन्जन, यात्रा र अन्य खर्च समावेश छन्।

  • मनोरन्जनमा ५% अर्थात रु. २,५००।
  • यात्रामा ३% अर्थात् करिब रु. १,५००।
  • अन्य खर्च २% अर्थात् रु. १,००० मान्न सकिन्छ।

(यो फर्मुला बैंकबाट घरजग्गा वा गाडी कर्जा लिँदा तिर्नुपर्ने मासिक किस्ताबन्दीबाहेकको हो। यदि त्यस्तो किस्ताबन्दी तिर्नुपर्नेछ भने आफ्नो अतिरिक्त खर्च कटौतीमा ध्यान दिनुपर्छ। लगानीसँग सम्बन्धित निर्णय लिँदा वित्तीय जानकारसँग सल्लाह लिनुपर्छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS