IME Life New

डेँगु विरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले सरसफाई अभियान सञ्चालन गरेको छ ।
धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।

“४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ । धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत शिक्षक, बिध्यार्थीहरु, टोल बिकास संस्थाहरु सक्रिय रहेका छन् ।

Esewa
Crest

यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताए ।

अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्के्मिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

८ वटा केशरु झापामा देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिएका छन् । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताए । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिहंले बताए ।
प्रदेश सरकार सक्रिय :
प्रदेश सरकारका मन्त्रीहरुको समुपस्थितिमा धरानमा वैठक वसेको र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त एक्सन प्लान (कार्ययोजना) बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS