IME Life New

ठमेल प्लाजाले आइपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणहरुलाई जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० लाख कित्ता साधारण शेयरको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Crest

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । पाल एसबिआई मर्चेण्ट बैंकिङ्गले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

ठमेल प्लाजा होटल एण्ड सुइटस भने काठमाडौ महानगरपालिका( १६ स्थित ठमेलमा सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल “रमदा इन्कोर काठमाडौं ठमेल” को नामबाट बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS