IME Life New

‘ठगी बढेपछि स्वास्थ्य बीमा कार्यक्रममा निजी मेडिकल कलेजलाई नो इन्ट्री’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा निजी क्षेत्रबाट प्रवर्द्धित शिक्षण अस्पताललाई सहभागी नगराउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार आयोजित स्वास्थ्य सेवाको प्रगती समीक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रको शिक्षण अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरै राखिने जानकारी दिएका हुन् ।

उनले गत वर्ष भुक्तानी नपाएको बहानामा बीमा कार्यक्रम बहिष्कार गरेका निजी क्षेत्रका शिक्षण अस्पताललाई पुनः कार्यक्रममा सहभागी गराउने बारे मन्त्रालयको कुनै योजना नरहेको जानकारी गराएका हुन्। उनले भनेका छन्, कार्यक्रममा सहभागी गराइयोस् भनेर फेरी धाई रहेका छन्, तर हामीले तत्काका लागि नो इन्ट्री भनेका छाै‌ं। मन्त्री बस्नेतले नीति तथा कार्यक्रम र बजेट समेतमा स्वास्थ्य बीमा कार्यक्रमबाट निजी क्षेत्रलाई बाहिर राख्ने नीतिगत निर्णय भएकाले पनि अहिलेलाई सम्भावना नरहेको बताए ।

Esewa
Crest

स्वास्थ्य बीमा बोर्डलाई नेतृत्वविहीन बनाएर स्वास्थ्य बीमा कार्यक्रम नै असफल बनाउन उद्धत रहेको भन्दै मन्त्री बस्नेतविरुद्ध आरोप लाग्दै आएको छ। मन्त्रालयको सिफारिशमा मन्त्री परिषदले बोर्डका कार्यकारी निर्देशक डा‍. दामाेदर बसाैलालाई गत असोज २६ गते निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS