IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सको व्यवस्थापकीय जिम्मेवारी उज्ज्वल ढुंगानाको काँधमा, बीमा क्षेत्रमा २६ वर्षको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको व्यवस्थापकीय जिम्मेवारी ( प्रमुख कार्यकारी अधिकृत)  उज्ज्वल ढुंगानालाई दिईएको छ । बीमा क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका ढु‌ंगानालाई कम्पनीको व्यवस्थापनको जिम्मेवारी दिने निर्णय सञ्चालक समितिको गरेको हो ।

साविक नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सबाट बीमा क्षेत्रको यात्रा शुरु गरेका ढु‌ंगानाले २६ वर्षसम्म विभिन्न जिम्मेवारीमा रहेर बीमा क्षेत्रको अनुभव संगालेका छन् । उनी साविक नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्समा क्षेत्रिय प्रबन्धक पदबाट प्रुडेण्सियल इन्स्योरेन्समा वरिष्ठ प्रबन्धक पदमा प्रवेश गरेर १० वर्षसम्म काम गरे । उनले प्रुडेन्सियल इन्स्योरेन्सबाट बाहिरिनु अघि अन्तिम पटक नायब प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका थिए । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जरपछि आइजिआई प्रुडेण्सियल इन्स्योरेन्समा पनि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए ।

Esewa
Crest

ढुंगानाले मंसिर २५ गतेदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सको नेतृत्व सम्हाल्दै कम्पनीको सेवा प्रारम्भको जग बसाल्न भूमिका निर्वाह गरेका थिए। सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारी पदको जिम्मेवारी दिएको हो ।

बीमा ऐन २०७९ अनुसार सञ्चालक समितिले बीमा ऐनमा निर्धारित योग्यता पुरा भएका उम्मेदवारको छनौट गरेर प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न सक्ने प्रावधान छ। यसरी नियुक्ति गरेपछि प्राधिकरणलाई जानकारी गराए पुग्छ, प्राधिकरणको पूर्व स्वीकृति आवश्यक्ता पर्दैन । योग्यता नपुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको अवस्थामा मात्र प्राधिकरणले हस्तक्षेप गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

22%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS