IME Life New

टेस्लाका ग्राहकलाई ईभी इन्स्योरेन्स उपलब्ध गराउँदै जुरिच अस्ट्रेलिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले आफ्ना ग्राहकलाई ईभी इन्स्योरेन्स उपलब्ध गराउन जुरिच अस्ट्रेलियासँग साझेदारी गरेको छ।

यस नयाँ साझेदारीमार्फत विद्यमान र नयाँ टेस्ला कारका मालिकहरुले ‘इन्स्योर माई टेस्ला’ ईभी इन्स्योरेन्स सुविधा पाउनेछन्। यो सुविधा विशेष रुपमा जुरिच अस्ट्रेलियले ‘एज’ प्रविधि प्रयोग गरेर टेस्ला एपमार्फत उपलब्ध गराउने छ।

Esewa
Crest

‘अस्ट्रेलियामा ईभी अपटेक तीव्र गतिमा बढ्दै गएको छ। किनकि ग्राहकले उनीहरुको वातावरणीय प्रभावलाई कम गर्ने महत्वलाई बुझिरहेका छन्’, जुरिच अस्ट्रेलिया र न्युजिल्यान्डका सीईओ जस्टिन डेलानीले एक प्रेस विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘यी ग्राहकले गुणस्तरीय बीमा कभरेज प्राप्त गर्ने सुनिश्चित गर्नु महत्वपूर्ण रहेको छ।’

यो इन्स्योरेन्स कभरेजअन्तर्गत टेस्लाको मान्यता प्राप्त मर्मत सञ्जाल प्रयोग गरी ग्राहकले सिसा, चार्ज गर्ने उपकरण र ब्याट्रीसहित सबै सवारीसाधन मर्मतको सुविधा समेटिएको छ। यो बीमा सुविधा टेस्ला एपमार्फत सबै टेस्ला मोडेल ३ र मोडेल वाईका ग्राहकका लागि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS